एनआइएमबी एस क्यापिटलद्धारा कान्तिपुर भ्याली कलेजमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Mar 23 17:12
काठमाडौं, चैत ९ — ग्लोबल मनी वीक २०२६ को अवसरमा एनआइएमबी एस क्यापिटलले आइतबार (मार्च २२, २०२६) कान्तिपुर भ्याली कलेजमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा कलेजका कर्मचारीहरूबीच वित्तीय साक्षरता अभिवृद्धि गर्नु र सूचित लगानी अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा पूँजी बजारका आधारभूत अवधारणा, दीर्घकालीन लगानी रणनीति, जोखिम व्यवस्थापन तथा लगानीकर्ताका अधिकारसम्बन्धी विषयहरूमा विस्तृत प्रस्तुति दिइएको थियो। साथै, पूँजी बजारले राष्ट्रिय आर्थिक विकासमा पुर्याउने योगदानबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।
अन्तर्क्रियात्मक रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी तथा सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमपछि सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।
यस प्रकारका कार्यक्रममार्फत जमीनी तहसम्म लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता कम्पनीले पुनः दोहोर्याएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया