Nepal Life

पाल्पा सिमेन्टको आइपिओमा नेप्सेमा सूचिकृत, पहिलो दिनमै सकारात्मक सर्किट

NMB Bank
  • BFIS News
  • 2026 Apr 10 11:29
पाल्पा सिमेन्टको आइपिओमा नेप्सेमा सूचिकृत, पहिलो दिनमै सकारात्मक सर्किट
United Ajod

काठमाडौं, चैत २७ — पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको शेयरले दोस्रो बजारमा प्रवेश गरेको पहिलो दिनमै उल्लेखनीय प्रदर्शन गरेको छ। कम्पनीको शेयर मूल्य आज पहिलो कारोबारमै अधिकतम सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भएर ३३० रुपैयाँमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

बिहीबार मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको कम्पनीको शेयर आज कारोबार खुल्नेबित्तिकै तीव्र माग देखिएको थियो। सोही कारणले शेयर मूल्य छिट्टै माथिल्लो सर्किट लेभलमा पुगेको हो।

कम्पनीको कुल तीन करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यसमध्ये ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको आईपीओ अन्तर्गतको हो भने बाँकी तीन करोड कित्ता संस्थापक शेयरधनीहरूको लगानी रहेको छ।

नेप्सेले कम्पनीको शेयरका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको थियो। सोही रेञ्जका आधारमा स्पेशल प्रि-ओपन सेसनमा कारोबार सम्पन्न भएपछि आजदेखि नियमित बजारमा यसको कारोबार सुरु भएको हो।

कम्पनीलाई नेप्सेले “PCIL” स्टक टिकर प्रदान गरेको छ। पहिलो दिनमै सकारात्मक संकेत देखिएपछि लगानीकर्ताहरूमा उत्साह थपिएको छ भने आगामी दिनमा शेयरको प्रदर्शन कस्तो रहला भन्ने चासो समेत बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया