Nepal Life

एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

NMB Bank
  • BFIS News
  • 2026 Mar 22 10:59
एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण
National Life

काठमाडौं। एभरेष्ट बैंक ले वि.सं. २०८३ सालको नयाँ कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरू समेट्दै आएको बैंकले यस वर्ष पनि आफ्नो उक्त परम्परालाई निरन्तरता दिएको जनाएको छ।

Shikhar
NIMB

यस वर्षको क्यालेन्डरमा “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” शीर्षकलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको नेपालको विकासक्रमलाई महादेशीय दृष्टिकोणबाट समेत महत्वपूर्ण रूपमा समेट्ने प्रयास गरिएको बैंकले जानकारी दिएको छ।

एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य ले क्यालेन्डर अनावरण गर्नुभएको हो। कार्यक्रममा बैंकका सञ्चालकहरू, उच्च पदस्थ अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

हाल एभरेष्ट बैंकका करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू तथा १६३ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, अत्याधुनिक मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रमार्फत पनि सेवा दिँदै आएको छ।

बैंकले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहुँच विस्तार गर्दै भारतको नयाँ दिल्लीसहित विभिन्न देशहरूमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया