Nepal Life

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा डिला राम गिरी नियुक्त

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 28 12:16
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा डिला राम गिरी नियुक्त

काठमाडौं । नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदमा डिला राम गिरीलाई नियुक्त गरेको छ। यहि असार ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयका उपसचिव डिला राम गिरीलाई नियुक्त गरेको हो।

Nepal Life
NIMB

सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । सरकारले यस अगाडीका सरकारले गरेका राजनीतिक नियुक्तिलाई एकै पटक हटाए सँगै कोषमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो। सरकारले अहिलेका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।  

गिरीले बैंकिङ तथा वित्तीय प्रणालीको स्थायित्व, विपन्न वर्ग कर्जा सुरक्षण तथा साना तथा मझौला उद्यम (SME) को ऋण सुरक्षण प्रणालीलाई प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

डिला राम गिरी लामो समयदेखि सार्वजनिक वित्त व्यवस्थापन तथा वित्तीय क्षेत्रसँग सम्बन्धित जिम्मेवारीमा सक्रिय रहँदै आएका एक अनुभवी प्रशासक हुन्। उनले अर्थ मन्त्रालय तथा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (PDMO) मा उपसचिवका रूपमा कार्य गर्दै सार्वजनिक ऋण व्यवस्थापन तथा वित्तीय प्रशासनका विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्व सम्हालेसँगै उनले बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको रकम सुरक्षा तथा जोखिम व्यवस्थापन प्रणाली सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया