Nepal Life

यि हुन् शेयर बजारका सर्वाधिक महंगा १० कम्पनी, युनिलिभरले बनायो नयाँ रेकर्ड

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 13:48
यि हुन् शेयर बजारका सर्वाधिक महंगा १० कम्पनी, युनिलिभरले बनायो नयाँ रेकर्ड
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सूचिकृत २८४ वटा कम्पनी मध्ये युनिलिभर नेपालको शेयर मूल्य सर्वाधिक धेरै रहेको छ । आधार मूल्य एक सय रुपैयाँ रहेको युनिलिभरको दोस्रो बजारमा प्रति कित्ता ३६ हजार २६५ रुपैयाँ पर्छ । विगत एक वर्षको अवधिमा यो कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै ३९ हजार ९३० रुपैयाँसम्म पुगेको थियो । जवकी यहि अवधिमा यो कम्पनीको शेयर मूल्य सर्वाधिक कम १७ हजार ७०० रुपैयाँसम्म तल झरेको थियो ।

NIMB

कम्पनीले यस वर्ष अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिएको छ । यहि कारणले कम्पनीको शेयर मूल्यले पनि नयाँ रेकर्ड बनाएको हो । हाल कम्पनीको बजार पूँजीकरण ३३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी ९ करोड २० लाख चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५८० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै सर्वाधिक दोस्रो महंगो कम्पनी बोटलर्स नेपाल तराई रहेको छ । कम्पनीको शेयर मूल्य एक कित्ताकै १३ हजार ३६३ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सर्वाधिक धेरै १६ हजार २०० रुपैयाँसम्म पुग्यो भने सर्वाधिक कम ११ हजार १५२ रुपैयाँसम्म तल झर्यो । राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण र प्रमोटर शेयरको मूल्य क्रमश १३ हजार २०० र ११ हजार ६३९ रुपैयाँ रहेको छ । जवकी यस कम्पनीले विगत धेरै लामोसमयदेखि लाभांश वितरण गर्न सकेको छैन ।

साल्ट ट्रेडिङको शेयर मूल्य पनि प्रतिकित्ता ५१०० रुपैयाँ पर्छ । यसको एक वर्षको अवधिमा सर्वाधिक धेरै ५८११ रुपैयाँ र सर्वाधिक कम ३३५० रुपैयाँसम्म तल झर्यो ।

छैठौ नम्बरमा विशाल बजार कम्पनीको शेयर मूल्य रहेको छ । कम्पनीको शेयर मूल्य ३६५० रुपैयाँ पर्छ । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै ४५३९ रुपैयाँ र सर्वाधिक कम ३०५० रुपैयाँसम्म तल झर्यो ।

सातौ नम्बरमा रहेको नागरिक लगानीकोषको शेयर मूल्य १९२० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सर्वाधिक कम १७९० रुपैयाँ र सर्वाधिक धेरै २७०४ रुपैयाँसम्म पुगेको छ ।

आठौ नम्बरमा रहेको हिमालयन डिष्ट्रिलरीको प्रति कित्ता १८९९ रुपैयाँ रहेको छ । सर्वाधिक धेरै ४३२३ रुपैयाँ र सर्वाधिक कम १८०६ रुपैयाँसम्म तल झर्यो । नवौ नम्बरमा रहेको आत्मर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १८९५ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सर्वाधिक कम ४०३ रुपैयाँसम्म तल झर्यो । सर्वाधिक धेरै २६५१ रुपैयाँसम्म पुग्यो । १० औं नम्बरमा रहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १७८४ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सर्वाधिक धेरै ४३२९ रुपैयाँसम्म पुगेको संस्थाको शेयर मूल्य सर्वाधिक कम १६९६ रुपैयाँसम्म झर्यो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया