दीपाश्रीलाई ब्रेन ट्युमर, शल्यक्रिया पछि स्वास्थ्यमा सुधार
- BFIS News
- 2026 Jul 12 17:12
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन्।
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको हो।
अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएको छ र दीपाश्रीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ। हाल उनी आइसियूबाट जनरल वार्डमा सारिएकी छन् र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेकी छन्।
दीपकराजका अनुसार चलचित्र 'छ माया छपक्कै २' को छायांकनकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि चिकित्सकीय परामर्शअनुसार उपचार प्रक्रिया अघि बढाइएको थियो।
शल्यक्रियापछि उनको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकको निगरानीमा उनी थप उपचार तथा स्वास्थ्यलाभको प्रक्रियामा रहेकी छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया