Nepal Life

यी हुन् नेपालको सेयर बजारलाई प्रभाव पार्न सक्ने १० कम्पनी, बजार पूँजीकरणको ३०% बजार हिस्सा

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Oct Fri 15:07
यी हुन् नेपालको सेयर बजारलाई प्रभाव पार्न सक्ने १० कम्पनी, बजार पूँजीकरणको ३०% बजार हिस्सा
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २८४ कम्पनी मध्ये १० वटा कम्पनीले नै शेयर बजारलाई तलमाथि पार्न सक्छन् । दोस्रो बजारमा सर्वाधिक धेरै बजार पूँजीकरण भएका १० कम्पनीकै हिस्सा ३० प्रतिशत रहेको छ । यि कम्पनीको शेयर मूल्यमा सामान्य उतारचढावले पनि शेयर बजारलाई तलमाथि पार्न सक्छ ।

NIMB

शेयर मूल्यका आधारमा सर्वाधिक महंगो कम्पनी युनिलिभर नेपाल रहेको छ भने बजार पूँजीकरणका हिसावले सर्वाधिक ठुलो कम्पनी नविल बैंक रहेको छ । नविल बैंकको बजार पूँजीकरण एक खर्ब ५९ अर्ब रुपैयाँ छ । नविल बैंक एक्लैले कुल बजार पूँजीकरणको ५.४६ प्रतिशत हिस्सा ओगटेको छ ।

दोस्रो धेरै बजार पूँजीकरण नेपाल टेलिकम छ । कुनै समय शेयर बजारलाई तलमाथि पार्ने निर्णाय कम्पनीको रुपमा रहेको नेपाल टेलिकमले पछिल्ला दिनमा खासै ठुलो प्रभाव पार्दैन । सरकारी स्वामित्वको नेपाल टेलिकमको बजार पूँजीकरण एक खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको शेयर मूल्य ८५२ रुपैयाँ रहेको छ ।

त्यस्तै तेस्रोमा नागरिक लगानीकोष रहेको छ । नागरिक लगानीकोषको बजार पूँजीकरण एक खर्ब २ अर्ब रहेको छ । कुल बजार पूँजीकरणमा नागरिक लगानीकोषको बजार हिस्सा ३.४९ प्रतिशत छ । तेस्रो नम्बरमा एनआइसी एशिया पर्छ । बैंकको बजार पूँजीकरण ८० अर्ब ९२ करोड रहेको छ । शेयर मूल्य ५४२ रुपैयाँ रहेको एनआइसी एशियाले कुल बजार पूँजीकरणमा २.७७ प्रतिशत बजार हिस्सा ओगट्छ ।

पाचौ नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण ७९ अर्ब ८२ करोड रहेको छ । कम्पनीले कुल बजारपूँजीकरणमा २.७३ प्रतिशत ओगटेको छ । हाल कम्पनीको शेयर मूल्य ६२३ रुपैयाँमा झरेको छ । छैठौ नम्बरमा रहेको ग्लोबल आइएमईको बजार पूँजीकरण ७४ अर्ब ६८ करोड रहेको छ । चुक्ता पूँजीका हिसावले सर्वाधिक ठुलो कम्पनीको रुपमा रहेको ग्लोबल आइएमईको शेयर मूल्य २०८ रुपैयाँ मात्रै रहेकाले बजार पूँजीकरणमा उचित स्थान ओगट्न सकेको छैन ।  

त्यस पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पर्छ । बैंकको बजार पूँजीकरण ६० अर्ब २३ करोड रहेको छ । अन्य कम्पनीहरु क्रमश एभरेष्ट बैंकको ५६ अर्ब ९४ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५३ अर्ब ५९ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५० अर्ब ५४ करोड रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया