Nepal Life

अमेरिकाको आइओएन इन्स्योरेन्सले नेपालको हवाइ बीमा नगर्ने, एकै पटक ५० भन्दा धेरै हवाइजहाजको पुनर्बीमा क्यान्सिल

Global Ime detail Page
  • पुरुषोत्तम सुवेदी
  • 2023 Oct Sun 11:44
अमेरिकाको आइओएन इन्स्योरेन्सले नेपालको हवाइ बीमा नगर्ने, एकै पटक ५० भन्दा धेरै हवाइजहाजको पुनर्बीमा क्यान्सिल
Sanima Reliance

काठमाडौं । अमेरिकन पुनर्बीमा कम्पनी आइओएन इन्स्योरेन्स कम्पनीले नेपालको हवाइ बीमा नगर्ने निर्णय गरेको छ । हवाइ बीमामा लगातार दाबी पर्न थाले पछि आइओएनले व्यवसाय नै नगर्ने भएको हो । कम्पनीले पुनर्बीमा नगर्ने निर्णयको औपचारिक जानकारी भने नेपाली बीमा कम्पनीहरुले प्राप्त गरेका छैनन् ।

NIMB

५० भन्दा धेरै हवाइ जहाजको पुनर्बीमा गर्दै आएको आइओएनले एका एक पुनर्बीमा नगर्ने निर्णयको पछाडी पुनर्बीमा ब्रोकरको पनि ठुलो हात हुन सक्ने विश्लेषण गरिएको छ । यदि पुनर्बीमा ब्रोकरले यसरी कम्पनीलाई पुनर्बीमा व्यवसाय नगराउन सुझाएको वा बाध्य बनाएको पुष्टी भएमा नेपाल बीमा प्राधिकरणले उक्त ब्रोकरलाई कालोसूचीमा राख्नु पर्ने विज्ञहरुको सुझाव छ ।

पुनर्बीमा कम्पनीहरुले बीमा अवधिमै क्यान्सिल गर्दा अन्तर्राष्ट्रिय बजारमा यसको नकारात्मक सन्देश प्रवाह हुन्छ । त्यसैले गर्दा पुनर्बीमा ब्रोकरले यस्ता कुरालाई व्यवस्थापन गर्नु पर्छ ।

विगत एक वर्षको अवधिमा ५/६ वटा हेलिकप्टर तथा हवाइ जहाज दुर्घटनामा परेका थिए । हवाइ जहाज दुर्घटनामा पर्दा यसको प्रत्यक्ष भार पुनर्बीमा कम्पनीमा पर्छ । लगातार दुर्घटना हुन थाले पछि पुनर्बीमा कम्पनीहरुले नेपालको हवाइ बीमालाई नजिकबाट हेर्दै आइरहेका छन् ।

अर्को तर्फ नेपालको हवाइ व्यवसाय एकदमै डाउन हुँदै आइरहेको छ । एकातिर खस्कदो व्यवसाय अर्को तर्फ लगातार परिरहेको दाबीले पनि पुनर्बीमा कम्पनीहरुले हवाइ बीमाको दर बढाउन दवाव दिदै आएका छन् । बीमा शुल्क बढाउने वित्तीकै हवाइ व्यवसायीहरुलाई प्रिमियम भुक्तानी गर्न धेरै गाह्रो पर्छ ।

त्यसमा पनि आइओएनको यस्तो कदमले अन्य पुनर्बीमा कम्पनीहरुले बीमा शुल्क बढाउने जोखिम उच्च रहन्छ । नेपाली बीमा कम्पनीहरुले हवाइ जहाजको बीमामा अलिकति पनि जोखिम बहन गर्न सक्दैनन् । ९९.५ प्रतिशत भन्दा धेरै जोखिम विदेशी पुनर्बीमा कम्पनीमै ट्रान्सफर गर्नु पर्ने भएकाले नेपालको हवाइ बीमा पुर्ण रुपमा विदेशी पुनर्बीमा कम्पनीमा परनिर्भर छ । त्यसैले विदेशी पुनर्बीमा कम्पनीहरुले घाटाको व्यवसाय गर्न चाहदैनन् ।

व्यवसाय फिर्ता लिनु भन्दा अगाडी के छ प्रचलित व्यवस्था

यदि पुनर्बीमा कम्पनीले गर्दै आइरहेको पुनर्बीमालाई निरन्तरता दिन नचाहेमा ३० अगाडी नै बीमा कम्पनीहरुलाई औपचारिक जानकारी सहित पत्र काट्नु पर्छ । यसरी ३० दिनको अवधिमा बीमा कम्पनीहरुलाई अन्य पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न दिनु पर्छ । यस अवधिमा कम्पनीले बहन गरेको दायित्वबाट भने पछाडी हट्न पाइदैन । यस भन्दा अगाडीका सम्पुर्ण दाबी भुक्तानी गर्न बाँकी रकम तथा दायित्वलाई भने सल्टाउनु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया