Nepal Life

घट्दो बजारमा अपनाउने रणनीति, होल्ड इज गोल्ड सहित बजार विश्लेषक नवराज दाहालका १० सुझाव

Global Ime detail Page
  • नबराज दाहाल
  • 2023 Oct Mon 06:29
घट्दो बजारमा अपनाउने रणनीति, होल्ड इज गोल्ड सहित बजार विश्लेषक नवराज दाहालका १० सुझाव
Sanima Reliance

काठमाडौं । शेयर बजार घट्दा हामी धेरै नै आत्तीन्छौ । बजार बढ्दा मात्रै कमाउनले रणनीतिले गर्दा लगानीकर्ता पेनिक हुने गर्छन् । तर घट्दो बजारमा पनि संवेदनशि हुने र रणनीतिक रुपमा लगानी गर्ने हो भने भविष्यमा राम्रो आम्दानी गर्न सकिन्छ ।  

 

NIMB

१. होल्ड इज गोल्ड

यो रणनीति अनुसार यस्ता कम्पनी पर्छन जुन कम्पनिले केही न केही दिने गर्छन वा कुरेर बस्दा कित्ता थपिदै जान्छ । भविष्यमा लगानीकर्ताले केहि न केहि अवस्य प्राप्त गर्ने छन् । अहिले सामान्य लागेका स्क्रिप्टबाटै लगानिकर्ताले ठुलो लाभ पाउछन् ।

२. कित्ता घट्दैन

यो रणनीति अनुसार यस्ता कम्पनी पर्छन जुन कम्पनिले तत्काल केही दिन सक्ने अबस्थामा छैन तर पनि किनेर राखिएको हुन्छ । बजार बढ्दा/घट्दा मुल्यमा तिब्र उतारचढाव आउछ यस्ता कम्पनी डिम्याटमा रोकेर राख्ने हो डराउने आत्तिने हैन । जसरी बजार घट्दा मूल्य तल झर्छ बजार बढ्दा त्यसरी नै बढ्ने गर्छ । यो कम्पनीले केहि पनि दिदैन यो राखेर काम छैन भनिएका शेयरको मूल्य घटे पनि कित्ता घट्दैन । शेयर बजारको सबैभन्दा राम्रो विशेषता नै यहि हो । कम्पनीको मूल्य सून्यमा नै किन नझरोस् तर त्यसको कित्ता यथावत रहन्छ । त्यसैले बजार घट्दा क्षति लस देखिए पनि बजार सुधार हुँदा लगानीकर्ताले आफ्नो लगानी फिर्ता पाउछन् ।

३. स्टप लस

नेपालको परिपेक्षमा स्टप लस भनेको स्टुपिड लस हो । हाल नेपालमा लिस्टिङ कम्पनी स्टप लस गर्ने खालका कम्पनी छैनन । लस बुक गर्ने कामलाइ स्टप लस भनेर विभिन्न किसिमका प्राविधिक विश्लेषण गरिन्छन् । जुन कम्पनीको भबिस्य नै छैन वा आफुले बेचेपछी त्यो कम्पनिको अस्तित्व नै समाप्त भएर जान्छ त्यस्तो अबस्थामा जति सम्पती जोगाउन सकिन्छ त्यो जोगाउनु स्टप लस हो । नत्र लस बुक गरेको कारोबारलाई स्टप लस भनेर सारालाई स्टुपिड बनाउने काम भएको छ ।

४. एभरेजिङ

एभरेजिङ गर्ने भनेको Active ट्रडेर्सले मात्र हो जुन दैनिक कारोबार गर्ने र Wacc कम गरेर बेच्नको लागि वा तत्काल लागत मूल्य घटाएर बेच्नको लागि मात्र उपयोग गर्ने हो । एभरेजिङ गर्न आफ्नो डिम्याटमा भएको सेयर भन्दा धेरै गुणा सेयर खरिद गर्ने र हालको मूल्य भन्दा तल मूल्य झारी तत्काल अर्को कम्पनीको सेयर खरिद गर्नेको लागि प्रयोग गर्ने विधि  हो । सबै कम्पनीको सेयरमा एभरेजिङ गर्दा झन जोखिम बढ्न सक्छ ।

५. अबधी कति मान्ने ?

कुनै पनि कम्पनिको लागि छोटो अबधि हो भने एक ट्रेडिङ अबधी (डिम्याटमा आएर बेच्न मिल्ने)  मान्नु पर्छ । मिड टर्म हो भने चलाख रहनु पर्छ । बजारमा आउने समाचार, नीति, नियम र लगानिकर्ताको माहोल, कम्पनिको कारोबार अनुसार सजग भएर कारोबार गर्नु पर्छ । मिड टर्म लगानिको कुनै समय अबधी हुदैन ट्रेडङ अनुसार नीति बनाउदै जादा उपयुक्त हुन्छ । लामो अबधी हो भने एक बुलबाट अर्को बुल अर्थात एउटा उच्च बिन्दुबाट झरेको कम्पनि पुरानो उच्च बिन्दु पार गरेको केही समय सम्म मान्दा उपयुक्त हुन्छ । लगानिको अबधी अनुसार कुर्न वा बेच्न सकिएन भने दर्शक मात्र बन्न सकिन्छ केही प्रगती हुँदैन ।

६. लगानी कसरी गर्ने

लगानी कसरी गर्ने भन्ने आफू कुन प्रकृतिको (ट्रेडर/इन्भेस्टर) लगानिकर्ता हो त्यो अनुसार योजना बनाउनु पर्छ । अर्काको कुरा सुनेर कहिल्यै लगानी गर्नु हुँदैन । घाटी हेरेर हाड निल्ने हो भन्ने भनाइलाई सधै सम्झिनु पर्छ ।

७. ऋण लिएर लगानी ?

सकेसम्म पूँजी बजारलाइ लोन फ्री बनाउनु पर्छ । ऋण लिएर सकेसम्म लगानी गर्दै नगर्ने । गर्नै परे बजार घटेपनी ब्याज तिरेर थेग्न सक्ने आयश्रोत छ भने मात्र ऋण लिदा राम्रो हुन्छ । बिना योजना ऋण लिएर सेयर किन्ने हो भने सावा पनि गुम्ने पक्का पक्की नै हुन्छ ।

८. पेड एप्स

धेरै ठूलो कारोबार छ लङ टर्म, सर्ट टर्म वा दौनिक ट्रेडिङ छ भने रियल टाइम डाटा प्राप्त गर्न पेड एप्स लिनु उपयुक्त हुन्छ । अन्यथा पेड एप्स लिनु भनेको आफ्नो डाटा एप्सवालालाई दिनु वा दुःख गरेर कमाएको पैसा एप्सवालालाई दान गर्नु मात्र हुन्छ । सामान्य कारोबारको लागि कुनै पनि पेड एप्स चाहिदैन ।

९. पेडवाला तालिम लिने कि नलिने  ?

मेरो नजरमा नेपालको पूँजी बजारमा पोख्त वा नियमनकारी निकायबाट सर्टिफाइ भएको कुनै पनि ट्रेनर छैनन । सबै अन्दाजको भरमा नाङ्ले पसल थापेर बसेका हुन्छन । जबसम्म सिकाउने मान्छेको योग्यता थाहा हुदैन त्यस्ता ब्यक्तिगत कुनै तालिम लिएर खर्च गर्नु हुँदैन । अन्दाजको भरमा अरुलाइ बेवकुफ बनाएर आस देखाउदै बिना बुद्धिका मास्टरहरु धेरै पाइन्छन ।  बिचार गरेर मात्र अगाडि बढ्नु उचित होला ।

१०. विभिन्न ग्रुप वा पेड ग्रुपको कुरा ?

 सबैभन्दा ठूलो भुल अरुको कुरा सुन्नु वा ग्रुप ट्रेडीङबाट पैसा कमाउन सकिन्छ भन्नू हो । ग्रुप ट्रेडिङमा कम्पनिको भाउ बढाउन कम्पनिको प्रचारको सुरुवात र अन्त्यमा बेच्नुभन्दा पहिला ठूलो कित्ता किनेर मूल्य बढाउने क्षमता हुनुपर्छ । यदि ग्रुप ट्रेडिङ्को रणनीतिमा आफुले चलाउन खोजेको कम्पनीको मूल्य बढाउन असफल भइयो भने जस्ले प्लान गरेको हो प्लान गर्नेवाला नै नमज्जाले फस्ने जोखिम हुन्छ ।

नेपालको परिस्थितिमा जस्ले कम्पनी चलाउन अनेक प्रपन्च रच्यो त्यो नै फसेर बसेको स्थिति छ । त्यसैले अरुको कुरामा हो मा हो र ग्रुप ट्रेडिङ्को पछि लाग्नु घातक मानिन्छ ।

शेयर बजारमा यस्ता धेरै कुराहरु छन् । यो मेरो व्यक्तिगत धारणा हो । यसैलाई मात्रै आधार नमानी धेरै भन्दा धेरै अध्ययन गर्नु पर्छ । लहड र बोक्रे कुराहरुको मात्रै भर नपरी भित्री र सैद्धान्तिक र प्राविधिक ज्ञान पनि हुनु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया