Nepal Life

धितोपत्र बोर्डको ओभर सप्लाइले शेयर बजार थला पर्यो, डिम्याण्ड क्रियट गर्ने टुल खोइ ?

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Oct Mon 07:45
धितोपत्र बोर्डको ओभर सप्लाइले शेयर बजार थला पर्यो, डिम्याण्ड क्रियट गर्ने टुल खोइ ?
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जस्ता सुकै कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्न दिएर दोस्रो बजारमा ओभर सप्लाइ बढाउदा बजार थला परेको विश्लेषण गरिएको छ । अझ प्रिमियममा शेयर निष्काशन गर्न दिएर धितोपत्र बोर्डले दोस्रो बजारलाई खत्तम पारेको विश्लेषकहरु बताउछन् ।

NIMB

धितोपत्र बोर्डले डिम्याण्ड क्रियट नगरी खालि सप्लाइ मात्रै दिने काम गर्दा दोस्रो बजार यस्तो अवस्थामा आइपुगेको बजार विश्लेषक राजु पौडेल बताउछन् । केहि समय अगाडी केहि लगानीकर्ताले भृकुटी मण्डपमा भेला नै गरेर नेपाल धितोपत्र बोर्डको यस्तो कदमलाई चर्को विरोध नै गरेका थिए ।

गत आर्थिक वर्षमा मात्रै नेपाल धितोपत्र बोर्डले ४२ वटा कम्पनीलाई २२  अर्ब ३७ करोड रुपैयाँको आइपिओ निष्काशन भएको थियो । चालु आर्थिक वर्षमा पनि ६ कम्पनीले साढे ८ अर्ब रुपैयाँको आइपिओ निष्काशन गर्ने अनुमति पाइसकेका छन् । अझै धितोपत्र बोर्डमा २० कम्पनी अनुमतिको पर्खाइमा छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले जस्ता सुकै कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न दिदा दोस्रो बजारमा ओभर सप्लाइ हुँदै आएको छ ।

प्रिमियममा शेयर खरिद गरेका लगानीकर्ताले दोस्रो बजारमा सूचिकृत हुने वित्तीकै बिक्रि गर्न थाल्छन् । यसले बजारलाई थप पेनिक बनाउदै आएको छ । कतिपय कम्पनीको शेयर मूल्य प्रिमियम मूल्य भन्दा पनि तल झरिसकेको छ । यसरी प्रिमियम भन्दा पनि तल झर्ने वित्तीकै प्राथमिक बजारकै लगानीकर्ता पेनिक हुन थालेका हुन् । हिजोका दिनसम्ममा दोस्रो बजारका लगानीकर्ता मात्रै पेनिक हुँदै आएकोमा अहिले आएर प्राथमिक बजारका लगानीकर्ता समेत पनेकि सेल गर्न बाध्य भएका छन् ।

दशै अगाडी नै लगातार घट्दै आएको शेयर बजार दशै पछि बढ्ने अनुमान गरिएको थियो । लाभांशकै सिजनमा बजार तल झर्दा लगानीकर्ता आत्तीएका छन् । यसरी लामो दशैको विदा पछाडी खुलेको बजारमा पनि लगानीकर्ताको सेन्टिमेन्ट नकारात्मक नै देखिएको बजार विश्लेषक राजु पौडेल बताउछन् ।

लाभांशको सिजनमा पनि बजार यसरी घटिरहेको छ । बाह्य सूचकहरु सकारात्मक हुँदा हुँदै पनि बजारमा यस्तो पेनिक हुनुका प्रमुख तीन कारण रहेको विश्लेषकहरुको विश्लेषण छ । पहिलो कारण कमजोर अर्थतन्त्र, दोस्रो कारण ओभर सप्लाइ र तेस्रो कारण डिम्याण्ड क्रियट गर्ने टुलको अभावले गर्दा हो ।

आन्तरिक अर्थतन्त्र अलि अलि गर्दै कमजोर हुँदै गइरहेको छ । लगानीकर्ताको क्रय शक्ति कमजोर हुँदै गर्दा बजारमा कुनै पनि वस्तुको डिम्याण्ड छैन । अर्थतन्त्रमै रिसेसन देखिएकाले यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो । दशैकै अवधिमा बजारमा खासै ठुलो डिम्याण्ड देखिएन । दशैको एक दुई दिन बजारमा चहल पहल देखिए पनि ब्यवसायीहरुले खासै ठुलो परिणाममा समान बिक्री गर्न सकेनन् । यो अवधिमा जति धेरै बिक्री गर्न सकियो आगामी दिन त्यति सहज हुन्छ । तर सिजनमै बजारमा मन्दी छाउदा व्यवसायीहरु पलायन नै हुनु पर्ने अवस्था आउन सक्छ ।

यस्तो अवस्था शेयर बजारमा पनि छ । नेपाल धितोपत्र बोर्डले शेयर सप्लाइ गरे अनुसार डिम्याण्ड क्रियट गर्न सकेको छैन । लगानीकर्ताहरु सँग पनि प्रयाप्त लिक्वीडिटी छैन । विद्यमान लगानीकर्ताले डिम्याण्ड दिन नसक्ने अनि धितोपत्र बोर्डले पनि डिम्याण्ड क्रियट हुन सक्ने टुलहरु बजारमा नल्याउदा बजार माथि जान नसकेको हो । धितोपत्र बोर्डले एक पछि अर्को गर्दै महंगो प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति दिदा ओभर सप्लाइ बढिरहेको छ । आइपिओ निष्काशन गरेका कम्पनीको शेयर कारोबार खुलेकै दिन सर्वाधिक धेरै कारोबार हुन्छ । जवकी पहिला पहिला आइपिओ सूचिकृत भएको कयौ दिन सर्किट लागेर बल्ल बल्ल सप्लाइ आउथ्यो । अहिले सूचिकृत भएकै दिन ओभर सप्लाइ आएर नकारात्मक सर्किट लाग्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया