Nepal Life

प्रिमियममा आइपिओ किन्ने घोराही सिमेन्टका शेयरधनी चरम घाटामा, लाभांश दिने क्षमता नहुँदा शेयर बजारमा छैन आकर्षण

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 06:47
प्रिमियममा आइपिओ किन्ने घोराही सिमेन्टका शेयरधनी चरम घाटामा, लाभांश दिने क्षमता नहुँदा शेयर बजारमा छैन आकर्षण
Sanima Reliance

काठमाडौं । महंगो प्रिमियममा शेयर खरिद गरेका घोराही सिमेन्टका शेयरधनीहरु चरम घाटामा देखिएका छन् । आइपिओ भन्ने वित्तीकै आखा चिम्लेर लगानी गर्ने नेपाली लगानीकर्ताहरु घोराही सिमेन्टमा भने डुबेका छन् । कमजोर वित्तीय अवस्था भएको कम्पनीलाई महंगो प्रिमियममा शेयर बिक्री गर्न अनुमति दिएको धितोपत्र बोर्डकै कारण आम सर्वसाधारण लगानीकर्ता फसेका हुन् ।

NIMB

कम्पनीको शेयरमा प्राथमिक बजारमा मात्रै नभएर दोस्रो बजारमा पनि लगानीकर्ता डुबेका छन् । सामान्यतया जुनसुकै कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार हुँदा सकारात्मक सर्किट लाग्ने गर्छ । तर यो कम्पनीको पहिलो दिनमै नकारात्मक सर्किट लाग्यो । पहिलो कारोबार ५८१ रुपैयाँमा सुरु भएर ५०९ रुपैयाँमा झर्यो । पहिलो दिनमै सर्वाधिक धेरै २३ करोड १५ लाखको कारोबार भयो । यस दिन प्राथमिक बजारमा शेयर खरिद गरेका २९ हजार ११३ जनाले ४ लाख ४६ हजार कित्ता शेयर बिक्री गरे ।

सुरुकै दिन ओरालो झरेको घोराही सिमेन्टको हिजो कार्तिक १४ गतेसम्ममा २८६ रुपैयाँसम्म झर्यो । हिजो ३९० रुपैयाँमा कारोबार बन्द हुँदा लगानीकर्ताले प्रतिकित्ता ४५ रुपैयाँ नोक्सानी बेहोरिसकेका छन् । यदि कसैले प्राथमिक बजारमा १०० कित्ता शेयर खरिद गरेको थियो भने उसले ४५०० रुपैयाँ नोक्सानी बेहोरिसकेका छन् ।

नेपाल धितोपत्र बोर्डले आधार मूल्यमा शेयर बिक्री गर्न दिनु खासै अनुचित हुँदैन । त्यसमा पनि कुनै कम्पनीले बजारमा आफ्नो ब्राण्ड भ्यालु बनाएको छ । नेटवर्थ आधार मूल्य भन्दा माथि छ भने प्रिमियममा शेयर जारी गर्न दिनु पर्छ । तर जुन कम्पनी नोक्सानमा छ । प्रतिशेयर आम्दानी हेर्दा लाभांश दिन सक्दैन भने त्यस्ता कम्पनीलाई अत्याधिक प्रिमियम चार्ज गर्न दिनु वित्तीय अपराध हो । जसले गर्दा लाखौ लगानीकर्ता डुब्ने अवस्था आएको छ ।

कम्पनीले सर्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाशिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १.३४ रुपैयाँ छ । तीन अर्ब ९७ करोड चुक्ता पूँजी रहेको कम्पनीको मुनाफा ५ करोड ३४ लाख छ । कम्पनी सँग ३ अर्ब ६ करोड कर्जा रहेको छ । यति ठुलो कर्जा र विविध दायित्व भएको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २६९ देखाएर लगानीकर्तालाई भ्रमित बनाइएको छ 

हालसम्मको शेयर मूल्य

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया