NIMB Header 2
Nepal Life

कुमारी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति?

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Aug 07 11:02
कुमारी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति?
United Ajod

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित तीन बन्दमुखी सामूहिक लगानी योजनाका इकाईधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Nepal Life
NIMB

क्यापिटलले कुमारी क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीलाई करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। त्यस्तै, कुमारी सबल योजनाका इकाईधनीलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गरिनेछ।

क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले तीनवटै योजनाका इकाईधनीलाई उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि तीनवटै योजनाले भदौ ४ गते बिहीबार एक दिनका लागि बुक क्लोज गर्ने भएका छन्। बुक क्लोजअघि अर्थात् भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यससँगै सम्बन्धित योजनाका इकाईधनीले तोकिएको मितिसम्म कायम इकाईका आधारमा घोषित नगद लाभांश प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया