बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८६ हजार ३२० आवेदकले पाए १० कित्ता: यसरी हेर्न सकिन्छ नतिजा
- BFIS News
- 2026 Sep 21 11:11
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।
उक्त आईपीओमा मागभन्दा निकै बढी आवेदन परेको थियो। कम्पनीका अनुसार २३ लाख ५१ हजार ५६० जनाले कुल २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेपछि योग्य आवेदकमध्येबाट गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो। गोलाप्रथाबाट ८६ हजार ३२० जना आवेदकले कम्पनीको शेयर पाएका छन्।
बाँडफाँटअनुसार प्रत्येक सफल आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यससँगै ठूलो संख्यामा आवेदन परे पनि सीमित कित्ताका कारण अधिकांश आवेदकको हात खाली भएको छ। आइपिओ परे नपरेको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया