NIMB Header 2
Prabhu Mahalaxmi

सन नेपाल लाइफ नयाँ बजार रिजनले ९ दिनसम्म मनायो विभिन्न कार्यक्रम गरेर नवौ वार्षिकोत्सव

United Ajod
  • BFIS News
  • 2026 Sep 22 19:10
सन नेपाल लाइफ नयाँ बजार रिजनले ९ दिनसम्म मनायो विभिन्न कार्यक्रम गरेर नवौ वार्षिकोत्सव
IME LIFE

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बजार रिजनले नवौ वार्षिकोत्सवको अवसरमा ९ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ। 

Nepal Life
NIMB

कम्पनीको नयाँ बजार रिजनले बीमा जागरण, रक्तदान, अन्तरक्रिया तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको हो। रिजनअन्तर्गतका नयाँ बजार, नयाँ बानेश्वर, कौशलटार लगायतका शाखाले आज अन्तिम दिन रक्तदान कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा कम्पनीका एलआरओ सुनिल अधिकारी, आरएम आलोक खड्का तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यार्थी, वैदेशिक रोजगारमा जाने श्रमिक, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालालाई लक्षित गरी बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

नयाँ बजार शाखा प्रमुख स्वेच्छा उप्रेतीका अनुसार नौ दिनसम्म विभिन्न स्थानमा बीमा सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। कलंकी, बालाजु, नयाँ बजार, गोंगबु, न्युरोड, बूढानीलकण्ठ, पुरानो बानेश्वर, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बीमा जागरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको हो।

त्यसक्रममा विद्यालयका विद्यार्थीलाई बीमाको महत्वबारे जानकारी दिनुका साथै वैदेशिक रोजगारमा जाने श्रमिक, टेक्सटायल कम्पनीका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिसँग बीमा सम्बन्धी अन्तरक्रिया गरिएको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विलचेयर तथा स्ट्रेचर वितरणलगायतका कार्यक्रम पनि आयोजना गरिएको छ।

सन नेपाल लाइफले नवौँ वार्षिकोत्सवको अवसरमा नयाँ बीमा योजना सार्वजनिक गर्नेदेखि बीमा जागरण कार्यक्रमसम्मका गतिविधिलाई प्राथमिकता दिएको छ। कम्पनीले ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ समेत सार्वजनिक गरेको छ।

२०७४ असोज ६ गतेदेखि जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कार्यालय विस्तार गर्दै देशका अधिकांश जिल्लामा अभिकर्ता तालिम, बिमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभिन्न स्थानमा सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बीमाको पहुँच विस्तार गर्ने र सर्वसाधारणमा बीमासम्बन्धी चेतना बढाउने उद्देश्य कम्पनीले लिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया