भोटेकोशी–त्रिशूली बाढीमा २ हजार १८० बीमा दाबी, २० अर्ब ९८ करोड प्रारम्भिक क्षति अनुमान
- BFIS News
- 2026 Sep 30 10:48
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २ हजार १८० वटा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म प्राप्त विवरणमा ती दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८ करोड ८७ लाख १२ हजार रुपैयाँ पुगेको छ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले हालसम्म अग्रिम भुक्तानीसहित ६ करोड ७४ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
कम्पनीगत रूपमा सबैभन्दा धेरै प्रारम्भिक दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। कम्पनीमा १५९ वटा दाबी परेकोमा अनुमानित दाबी रकम ६ अर्ब २७ करोड ५१ लाख ३९ हजार रुपैयाँ रहेको छ।
सानिमा जीआईसीमा २४२ दाबीबाट ३ अर्ब ५० करोड ७९ लाख ६८ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४०१ दाबीबाट २ अर्ब ९९ करोड ५४ लाख ६४ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ। शिखरले हालसम्म २ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणको विवरणमा उल्लेख छ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २०७ दाबीबाट १ अर्ब ९३ करोड ६८ लाख १८ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियरमा २०५ दाबीबाट १ अर्ब १२ करोड ३१ लाख ५७ हजार रुपैयाँ र नेको इन्स्योरेन्समा २४० दाबीबाट १ अर्ब १ करोड ३६ लाख ८१ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ।
आईजीआई प्रुडेन्सियलमा २२२ दाबीबाट ८३ करोड ५० लाख ७४ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ। कम्पनीले २२ लाख रुपैयाँ भुक्तानी गरेको छ। युनाइटेड अजोडमा ७५ दाबीबाट ८२ करोड ६२ लाख ४ हजार रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्समा ११ दाबीबाट ८२ करोड ३२ लाख ५७ हजार रुपैयाँको दाबी परेको छ।
बीमा प्रकारअनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ। यसअन्तर्गत ५१८ वटा दाबीबाट ९ अर्ब ४१ करोड ५८ लाख ५९ हजार रुपैयाँको प्रारम्भिक दाबी अनुमान गरिएको छ। सम्पत्ति बीमामा ३ करोड ८१ लाख ४० हजार रुपैयाँ भुक्तानी भएको छ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १६५ दाबीबाट ४ अर्ब ४१ करोड ४५ लाख ५६ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ। मोटर बीमामा भने सबैभन्दा धेरै १ हजार ६६ दाबी परेको छ। यसबाट ३ अर्ब ७ करोड ९३ लाख ८८ हजार रुपैयाँको प्रारम्भिक दाबी अनुमान गरिएको छ भने २ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ।
परिवहन बीमामा १०४ दाबीबाट २ अर्ब ४८ करोड ५१ लाख ५५ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ। अन्य बीमामा २९९ दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख ५४ हजार रुपैयाँ र स्वास्थ्य बीमामा २८ दाबीबाट २२ करोड ५२ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यी विवरण २०८३ असोज १२ गतेसम्म प्राधिकरणमा प्राप्त बीमा दाबीका आधारमा तयार गरिएको हो। बाढीबाट भएको वास्तविक क्षति तथा अन्तिम बीमा दाबी रकम भने सर्वेक्षण, क्षतिको मूल्यांकन र दाबी फर्छ्योटको प्रक्रियापछि थप स्पष्ट हुने देखिन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया