NIMB Header 2
Nepal Life

म्युचुअल फण्डलाई ६ महिनाको लकिङ पिरियड, आइपिओ खरिद गरेको ६ महिनासम्म बिक्री गर्न नपाउने

National Life
  • BFIS News
  • 2023 Nov 07 06:45
म्युचुअल फण्डलाई ६ महिनाको लकिङ पिरियड, आइपिओ खरिद गरेको ६ महिनासम्म बिक्री गर्न नपाउने
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई पनि ६ महिनाको लकिङ पिरियड तोकेको छ । प्रोत्साहन स्वरुप प्राप्त गरेको आइपिओ दोस्रो बजारमा सूचिकृत भएकै दिन बिक्री गरे पछि नेपाल धितोपत्र बोर्डले ६ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था गरिदिएको हो ।

 

Shikhar
NIMB

म्युचुअल फण्डलाई प्रोत्साहन गर्दै नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयरको ५ प्रतिशत शेयर आरक्षणका रुपमा छुट्टाउने व्यवस्था गर्दै आएको छ । सोहि अनुरुप म्युचुअल फण्डहरुले उक्त शेयर प्राप्त गर्ने गरेका छन् । तर म्युचुअल फण्डले घट्दो बजारमा सुरुमै बिक्री गरेर नाफा बुक गर्न खोज्दा दोस्रो बजार नै प्रभावित हुने गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ बमोजिम २०८० कार्तिक २१ गतेबाट लागु हुने गरि यस्तो व्यवस्था कार्यान्वयन गर्न गराउन बोर्डले सिडिएस एण्ड क्लियरिङ र सम्पुर्ण योजना व्यवस्थापकहरुलाई यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ ‘संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा ५ प्रतिशत धितोपत्र सामुहिक लगानी कोषको लागि छुट्टायाउनु पर्ने सामुहिक लगानी कोष नियमावली २०६७ को व्यवस्था बमोजिम सामुहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरि बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।’

तर यसरी खरिद गरेको धितोपत्र बाँडफाँड भएको मितिले ६ महिना भित्र नै योजनाको निर्धरित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामुहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा पुग्ने छैन ।

आरक्षणमा पाएको शेयर सुरुमै बिक्री गरे पछि म्युचुअल फण्ड प्रति लगानीकर्ताको आक्रोस

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया