चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, दिनमा ५० पटकसम्म सकिने
- BFIS News
- 2026 Oct 16 14:45
काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै प्राकृतिक व्यक्तिका लागि वालेटमा रकम जम्मा गर्न सकिने संख्या बढाएको हो।
संशोधित व्यवस्थाअनुसार अब चाडपर्वको अवधिमा प्राकृतिक व्यक्तिले एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुनेछ।
यसअघि प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम १० पटकसम्म मात्रै वालेटमा रकम जम्मा गर्न सक्ने व्यवस्था थियो। नयाँ व्यवस्थाले चाडपर्वका बेला डिजिटल भुक्तानीको प्रयोग बढाउन सहज हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले पछिल्लो समय नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्दै आएको छ। दशैं, तिहार र छठका अवसरमा दक्षिणा दिँदासमेत डिजिटल माध्यम प्रयोग गर्न केन्द्रीय बैंकले आग्रह गरेको थियो।
चाडपर्वका बेला रकम पठाउने, प्राप्त गर्ने र दक्षिणा दिने प्रयोजनमा डिजिटल भुक्तानीको प्रयोग बढ्ने भएकाले वालेटमा रकम जम्मा गर्ने संख्याको सीमा बढाइएको हो। यसले चाडपर्वको समयमा डिजिटल भुक्तानीलाई सहज बनाउनुका साथै नगदमा आधारित कारोबार घटाउने राष्ट्र बैंकको प्रयासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया