Nepal Life

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Tue 21:07
अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने
Sanima Reliance

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

NIMB

सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषयसमेत पारित गर्नेछ । समान उद्देश्य भएको अन्य कम्पनी यस कम्पनीमा गाभिने सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।

साथै आगामी कार्यकालका लागि सञ्चालकहरूको निर्वाचनका आधारमा सञ्चालक समिति गठन गर्ने विषय पनि सभाका लागि तय भएको छ । उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि सभाले पारित गर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया