NIMB Header 2
Nepal Life

एकैदिन थपिए १० हजार बढी कोरोना संक्रमित

IME LIFE
  • विएफआइएस न्युज
  • 2022 Jan 18 21:21
एकैदिन थपिए १० हजार बढी कोरोना संक्रमित
United Ajod

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। निकै संक्रामक मानिएको ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर दैनिक संक्रमितको संख्या बढिरहेको हो।

कुल परीक्षण गरिएको मध्ये ४४.९३ प्रतिशतमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण देखिएको हो।

सोमवार भने १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। यस्तै, ५६२ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ।

संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६२४ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।

Nepal Life
NIMB

कुल परीक्षण गरिएको मध्ये ४४.९३ प्रतिशतमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण देखिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया