Nepal Life

बीमा प्राधिकरणको अभिकर्ता परीक्षा अव्यवहारिक, 'व्यवसाय भित्र्याउने एजेन्सी फोर्सलाई ढोका थुन्ने काम भयो'

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Nov Thu 07:31
बीमा प्राधिकरणको अभिकर्ता परीक्षा अव्यवहारिक, 'व्यवसाय भित्र्याउने एजेन्सी फोर्सलाई ढोका थुन्ने काम भयो'
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालनमा ल्याएको अभिकर्ताको परीक्षा प्रणाली अव्यवहारिक भएको भन्दै बीमक तथा अभिकर्ताहरुले गुनासो गरेका छन् ।

NIMB

नेपाल बीमा प्राधिकरण आफैले परीक्षा सञ्चालन गर्दा अभिकर्ता बन्ने प्रकृया झण्झटिलो हुन पुगेको उनिहरुको भनाइ छ । जीवन बीमा कम्पनीहरुलाई अभिकर्ता नै पाउन धौ धौ परिरहेको बेलामा झण्झटिलो परिक्षा प्रणालीले गर्दा नयाँ व्यक्तिहरुलाई यस पेशामा ल्याउन झन कठिन बनेको एक बीमकले बताए ।

जीवन बीमा व्यवसाय जति धेरै अभिकर्ताको सञ्जाल ठुलो भयो त्यति नै धेरै भित्र्याउने सम्भावना रहन्छ । सबै अभिकर्ताले नियमित रुपमा जीवन बीमा गराउन नसक्ने भएकाले कम्पनीहरुले धेरै भन्दा धेरै व्यक्तिहरुलाई अभिकर्ता बनाउने प्रयास गरिरहेका हुन्छन् ।

अभिकर्ता पेशा आफैमा कठित मानिन्छ । सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष रुपमा भेटेर बीमाको लागि मनाउने काम त्यति सहज छैन । यदि अभिकर्ताको च्यानल नहुने हो भने जीवन बीमा कम्पनीहरुले व्यवसाय गर्नै सक्दैनन् । त्यसैले यस भन्दा अगाडी कम्पनीहरुले हरेक शाखा तथा उपशाखाबाट सम्पर्कमा आएका सबैलाई लाइसेन्स दिदै व्यवसायका लागि प्रोत्साहित गर्ने गर्थे । यसो गर्दा पनि २०/२५ प्रतिशतले मात्रै व्यवसाय ल्याउछन् ।

यस्तो अवस्थामा बीमा प्राधिकरण आफैले लोकसेवा जस्तो गरि परीक्षा सञ्चालन गर्दा कम्पनीहरुलाई नयाँ अभिकर्ता भित्र्याउन गाह्रो परेको हो । परीक्षा भन्ने वित्तीकै प्राय व्यक्तिहरु आउनै मान्दैनन् एक बीमकले भने ‘हिजोका दिनमा अभिकर्ता बन्नु पर्यो भनेर सामान्य फारम भरेर लाइसेन्स दिन्थ्यौ । यसो गर्दा त म होस बन्दिन भन्थे अव त ल है परीक्षा दिनु पर्यो भन्दा सुरुमै हुँदैन/सकिदैन/होस् भन्ने जवाफ आउछ ।’

बीमा कम्पनीहरुको कयौ शाखामा अझै पनि भौतिक पुर्वाधारको व्यवस्था राम्रो छैन । एउटा कम्प्पुटर हुन्छ । इन्टेरनेटको सुविधा पाउन पनि कठिन छ । काठमाडौं उपत्यका भित्रै अभिकर्तालाई परीक्षा लिने उचित भौतिक सुविधा भएका शाखा छैनन् भने उपत्यका भन्दा बाहिरका शाखाबाट अभिकर्ता परीक्षा लिने काम धेरै कठिन छ ।

यदि परीक्षा दिदा दिदै इन्टरनेट गयो भने त्यो दिनको परीक्षा नै रद्द हुन्छ । काठमाडौंमै पनि कतिवेला विद्युत तथा इन्टरनेट प्रवाह अवरुद्ध हुन्छ पत्तो हुँदैन । नेपाल बीमा प्राधिकरणले क्यामेराबाट निरिक्षण गर्नेदेखि लिएर अवरुद्ध नहुने गरि परिक्षा सञ्चालन गर्नु पर्ने भनेको छ । यसले गर्दा अभिकर्ता जस्तो सामान्य लाइसेन्सका लागि कठित परीक्षा प्रणाली पक्कै पनि व्यवहारिक पाटो होइन ।

त्यसो भए के गर्ने त ?

बीमकहरुका अनुसार अभिकर्ता परीक्षा प्रणाली बीमकहरुलाई नै जिम्मा दिदा उचित हुन्छ । बीमा प्राधिकरणले सुरुवाति वर्षमा आफैले परीक्षा सञ्चालन गरेर लाइसेन्स दिदा धेरै अप्ठ्यारो भए पछि कम्पनीहरुलाई नै यसको जिम्मेवारी सुप्पिएको थियो ।

आफ्ना अभिकर्तालाई कत्तीको शक्तिशाली बनाउने पढाउने र बलियो बनाउने भन्ने काम बीमकहरुकै हो । बीमा प्राधिकरणले बरु बीमा कम्पनीहरुले सञ्चालन गर्ने परीक्षालाई निरिक्षण गर्ने तथा विभिन्न किसिमका व्यवस्थाहरु गरिदिन सक्छ । प्राधिकरणले बीमकहरुले तयार पारेका अभिकर्तालाई दिएको प्रशिक्षणलाई नियमन गर्नु पर्छ ।

बीमा ऐनले प्राधिकरणले नै परीक्षा सञ्चालन गर्नु भन्दैन

बीमा ऐनले अभिकर्ताको परीक्षा प्राधिकरणले नै सञ्चालन गर्नु पर्छ भनेको छैन । बीमा ऐनको दफा ९२ को उपदफा २ मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ भनिएको छ । तोकिए बमोजिमको परीक्षा भन्ने कुरा बीमा नियमावलीमा आउने कुरा हो । बीमा प्राधिकरणले अहिलेसम्म बीमा नियमावली लागु गरेको छैन ।

त्यसमा पनि बीमा प्राधिकरणले यहि दफामा टेकेर बीमा कम्पनीहरुलाई नै बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न दिने भनिदिन सक्छ । यसो भयो भने बीमा प्राधिकरणलाई पनि सहज हुन्छ । अर्को तर्फ बीमा प्राधिकरणले पनि आफैले परीक्षा सञ्चालन गरेर सम्भव छैन ।

परीक्षा प्रणाली भन्दा अगाडी दैनिक सयौको संख्यामा अभिकर्ता बन्दै आएका थिए । अव परीक्षा प्रणाली सुरु भए सँगै हप्तामा ४०/५० जना पनि अभिकर्ता बन्न सकेका छैनन् । बीमा अभिकर्ताको संख्या कम हुँदा बीमकहरुलाई मात्रै होइन स्वयं बीमा प्राधिकरणलाई पनि घाटा हुन्छ ।

प्राधिकरणले लिने अभिकर्ताको लाइसेन्स शुल्क तथा नविकरण शुल्क घट्ने नै भयो । अर्को तर्फ धेरैको संख्यामा अभिकर्ता उत्पादन गर्न सकियो भने बीमाको पहुँच बढाउने बीमा प्राधिकरणको अभियानलाई पनि मद्दत पुग्छ । यदि अभिकर्ताको च्यानल नै कमजोर भयो भने बीमाको पहुँच बढ्न सक्दैन ।

सामान्यतया नेपालमा मात्रै होइन विश्वमै बीमा व्यवसाय अभिकर्ता च्यानल मार्फत आउछ । यसरी व्यवसाय भित्र्याउने अभिकर्ताले पनि आफ्नै आफन्त नातागोता र पारिवारिक रुपमा व्यवसाय भित्र्याउछन् । त्यसैले अभिकर्ता पेशालाई पारिवारिक व्यवसाय पनि भनेर बुझिने गरिन्छ । अभिकर्ताको च्यानल बढ्नु भनेको धेरै भन्दा धेरै परिवारमा बीमाको पहुँच पुर्याउनु हो ।

परीक्षा प्रणाली कस्तो हुने त ?

बीमा प्राधिकरणले परीक्षा लिदैमा दक्ष र योग्य अभिकर्ता बजारमा आउछन् भन्ने हुँदैन । बीमा कम्पनीहरुलाई पनि अभिकर्ताको परीक्षा प्रणाली कडाइका साथ लागु गर्न निर्देशन दिन सकिन्छ । बीमा कम्पनीहरुलाई नै आफ्ना अभिकर्तालाई नियमित तालिम दिन बाध्य पार्न सकिन्छ ।

परीक्षाको प्रमुख उद्देश्य भनेको बीमाको सामान्य कुरा पनि नबुझेका व्यक्तिलाई किन लाइसेन्स दिने भन्ने हो । बीमाको आधारभुत कुरा बुझेको व्यक्तिलाई मात्रै अभिकर्ताको लाइसेन्स दिनु पर्छ भन्ने मान्यता हो । बीमा प्राधिकरणले अझै पनि अभिकर्ताका लागि कोर्ष बुक तयार पार्नु पर्छ । अभिकर्ताले पढ्नु पर्ने आधारभुत जानकारीमुलक सामाग्रीहरु तयार पार्नु पर्छ ।

बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई कम्तिमा पनि ति सामाग्री उपलब्ध गराउने तथा बढाउने व्यवस्था गर्नु पर्छ । अभिकर्तालाई कडाखालको परीक्षा लिएर लाइसेन्स दिदा धेरै राम्रो कुरा हो तर नेपालमा यस्तो कुरा व्यवहारिक हुँदैन । जुन कुरा व्यवहारिक र बजारलाई फेबर गर्छ त्यस्तै काम गर्दा राम्रो मानिन्छ । ७ वर्ष अगाडीको बीमाको पहुँच ५ प्रतिशत थियो । नयाँ कम्पनीले लाइसेन्स पाए सँगै उनिहरुले तयार पाएका एजेन्सी फोर्सले नै ४० प्रतिशतको पहुँचमा पुर्याएका हुन्छ । यदि हिजोका दिनमा परीक्षा प्रणाली लागु गरेर अभिकर्तालाई प्रवेश गराउने व्यवस्थामा कडाइ गरिएको थियो भने पक्कै पनि अहिलेको अवस्थामा बीमा आइपुग्दैन थियो ।

बीमा ऐनले नै एक बीमा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरिसकेको हुँदा बीमा कम्पनीहरुले तयार पारेका अभिकर्ताले सोहि कम्पनीमा दत्त चित्त भएर काम गर्न सक्छन् । कम्पनीले खर्च गरेर तयार पारेका अभिकर्ताले सोहि अवधिमा अर्को बीमा कम्पनीमा काम गर्न पाउदैनन् । यसले गर्दा बीमा अभिकर्ताको परीक्षा तथा लिने तथा दक्ष बनाउने काम कम्पनीहरुलाई नै दिदा राम्रो हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया