Nepal Life

नयाँ स्टक एक्सचेन्ज ल्याउन दिनु आपत्तीजनक: राश्वपा सांसद हरि ढकाल

NMB Bank
  • BFIS News
  • 2023 Nov 10 20:42
नयाँ स्टक एक्सचेन्ज ल्याउन दिनु आपत्तीजनक: राश्वपा सांसद हरि ढकाल
National Life

काठमाडौं । अर्थसमितिले नयाँ स्टक एक्सचेन्जका विषयमा दिएको क्लिन चिटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष हरी ढकालले आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत नयाँ स्टक एक्सचेञ्जको विषयमा प्रतिक्रिया दिदै नेपालमा प्रतिस्पर्धात्मक पूँजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक छ तर नेपालमा रहेको एक मात्र नेप्सेको पुनर्संरचना नगरी नयाँ स्टक एक्सचेन्ज ल्याईनु आपत्ती जनक रहेको बताएका छन् । 

Shikhar
NIMB

नयाँ स्टक एक्सचेञ्जको सम्बन्धमा:
१) नेपालमा प्रतिस्पर्धात्मक पुजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक छ तर नेपाल रहेको एक मात्र नेप्सेको पुनर्संरचना नगरी नयाँ स्टक ल्याईनु आपत्ति जनक छ।

२) दिपावली चाडको माहोलमा मानिस भुल्ने मौका छोपी दीपावलीको बिदा हुने अन्तिम दिनको ७ बजेको समयको अफ आवरमा अर्थ समितिको बैठक डाकी किन, कसको लागि र कति पैसा लिएर कसले यो बैठक डाकी बिबादास्पद स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि सार्यो ? यसको हिसाब किताब पक्कै नेपाली जनताले माग्नेछन। दलालका मतियारहरु हिसाब किताब बुझाउन तयार भएर बस्नुहोला।

३) विभिन्न पत्र पत्रीका र समाचार माध्यमको समाचार अनुसार नयाँ स्टक एक्सचेञ्जको लागि ६ अर्वको घुसको डिल हुदैछ रे। खबरदार पैसाको लागि आफ्नै आमा बेच्न सम्म तयार हुने दलालहरु! हामी तिम्रा घुसिया सपना पूरा हुने दिने छैनौं।

४) हामी स्वस्थ प्रतिसपर्धाबाट आउने स्टक एक्सचेञ्जको पक्षमा छौ न कि अर्वौको भ्रष्टाचारको पहाडमा उभिएर आउने स्टक एक्सचेञ्जको।

५) आज धन्तेरसको दिन सर्वसाधारणले तामाका भाडाकुडा जोड्छ्न तर यता दलालले त सिङ्गो स्टक एक्सचेञ्ज जोडेछन तर होसियार भ्रष्टहरु! हामी यसको भण्डाफोर गर्नेछौं। नयाँ स्टक एक्सचेञ्जको सम्बन्धमा फरक मत राख्नु भएकोमा मा. डा. स्वर्णिम वाग्लेलाई धन्यवाद।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया