NIMB Header 2
Nepal Life

नयाँ स्टक एक्सचेन्जको बाँकी प्रकृयाँ अगाडी बढाउन अर्थ समितिले दियो क्लिन चिट, को को छन् दौडमा

National Life
  • BFIS News
  • 2023 Nov 10 21:17
नयाँ स्टक एक्सचेन्जको बाँकी प्रकृयाँ अगाडी बढाउन अर्थ समितिले दियो क्लिन चिट, को को छन् दौडमा
Sanima Reliance

काठमाडौं । अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्जको बाँकी प्रकृयाँ अगाडी बढाउन क्लिन चिट दिएको छ । आज साँझ बसेको अर्थसमितिको बैठकले नयाँ स्टक एक्सचेन्जको विषयमा यस भन्दा अगाडी दिइएको निर्देशन समाप्त भएको जानकारी गराएको छ ।

Shikhar
NIMB

अर्थसमितिले यस भन्दा अगाडी नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारबाहीलाई अगाडी नबढाउन नेपाल सरकार अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई दिइएको निर्देशन समाप्त भएको जनाएको छ । निर्देशनमा भनिउको छ । ‘नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएकोमा समितिबाट सम्बन्धित निकायहरुबाट कागजात माग गरी अध्ययन गर्दा नयाँ स्टक एक्सचेन्जको अनुमति प्रदान गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतमा प्रवेश भइ अन्तिम फैसाल भइसकेको देखिन आएकोले उक्त निर्देशनको प्रयोजन समाप्त भएको जानकारी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई दिने’ 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि हिमायलन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका थिए । त्यस्तै २ वटा वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) लागि ४ वटा कम्पनीले आवेदन दिएका थिए । नेपाल धितोपत्र बोर्डले गएको बैशाख १० गतेसम्मका लागि आह्वान गर्दा नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले कमोडीटी एक्सचेन्ज सञ्चालनको लाइसेन्सका लागि निवेदन दिएका थिए ।

यहि अवधिमा ब्रोकर लाइसेन्सका आवेदन दिनेले लाइसेन्स पाएर सञ्चालनमा आउन थालिसकेका छन् । तर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि भने विवाद बढे पछि अर्थसमितिबाटै रोकिएको थियो । 

को को छन् प्रमुख लगानीकर्ता 

गत शुक्रबार आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जले व्यवसायिक घराना शंकर समूहको अगुवाईमा बोर्डमा आवेदन दिएको छ । शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको एक्सचेन्जले लाइसेन्सका लागि बोर्डमा आवेदन दिएको थियो । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

यस्तै आइतबार गैरआवासीय नेपाली तथा नेपालका केही व्यवसायिक घरानाको समेत लगानीमा ‘नेशनल स्टक एक्सचेन्ज’को नामबाट अर्को आवेदन परेको हो । दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी छ । यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी छ ।

आइतबार नै बोर्डमा आवेदन दिएको अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतिलाई सञ्चालकको रुपमा प्रस्ताव गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया