Nepal Life

हाथवे इन्भेष्टमेन्ट नेपालमुनाफा १६ गुणाले बढ्यो, प्रतिशेयर आम्दानी ५ रुपैयाँ

National Life
  • BFIS News
  • 2023 Nov Sun 09:34
हाथवे इन्भेष्टमेन्ट नेपालमुनाफा १६ गुणाले बढ्यो, प्रतिशेयर आम्दानी ५ रुपैयाँ
RBB

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १६ गुणाले मुनाफा बढाएको छ । कम्पनीले असोज मसान्तसम्ममा एक करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ९ लाख ५४ हजार थियो । 

NIMB

कम्पनीले समिक्षा अवधिमा २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।

आम्दानी घटेपनि खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५४.१९ प्रतिशत घटेको छ भने कुल खर्च ७२.८५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४ पैसा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा रहेको छ। १ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया