Nepal Life

असोजमा कुल बीमा शुल्कको १० प्रतिशत सरेण्डर, समर्पण रोक्न जीवन बीमा कम्पनीहरुको सक्दो प्रयास  

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 14:58
असोजमा कुल बीमा शुल्कको १० प्रतिशत सरेण्डर, समर्पण रोक्न जीवन बीमा कम्पनीहरुको सक्दो प्रयास  
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पछिल्लो समय एकदमै कठिन समय गुजारीरहेका छन् । नयाँ व्यवसाय भित्र्याउनु पर्ने दवावमा रहेका कम्पनीहरुलाई पुराना पोलिसी बचाउन धौ धौ परिरहेको छ । यसका लागि कम्पनीहरुले सक्दो प्रयास गरिरहेका छन् ।

NIMB

अभिकर्ता च्यानल, कम्पनी प्रशासनदेखि लिएर विभिन्न संयन्त्र प्रयोग गरेर अर्बौ खर्चिएर भित्रिने व्यवसाय लगातार बाहिरिदा कम्पनीहरुले अर्बौ रुपैयाँ गुमाउनु परेको छ । कुनै समय भित्रिने व्यवसाय भन्दा सरेण्डर मार्फत बाहिरिने अनुपात धेरै थियो । तर अहिले विस्तारै बाहिरिने भन्दा भित्रिने व्यवसायको अनुपात बढ्दै गइरहेको छ । यसले जीवन बीमा व्यवसायमा केहि सकारात्मक संकेत प्रवाह गरेको छ ।

असोज महिनामा ९ हजार ९३६ वटा पोलिसी सरेण्डर भएका छन् । उक्त पोलिसी सरेण्डर हुँदा एक अर्ब १८ करोड रुपैयाँ फिर्ता गर्नु परेको छ । जवकी असोज महिनामै जीवन बीमा कम्पनीहरुले कुल ९ लाख ४६ हजार वटा पोलिसी जारी गरेका छन् । यस मध्ये सावधिक जीवन बीमा पोलिसीको संख्या लगभग ३ लाख १४ हजार रहेका छन् । यसै संख्यालाई तुलना गर्ने हो भने सरेण्डर पोलिसीको अनुपात ३.१५ प्रतिशत मात्रै छ ।

असोज महिनामा जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा नविकरण बीमा शुल्क ९ अर्ब २८ करोड र प्रथम बीमा शुल्क आर्जन २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसले गर्दा सरेण्डरको अनुपात भित्रिने भन्दा धेरै छ भनेर आत्तीनु पर्ने स्थिति छैन ।

आर्थिक मन्दी र चरम आर्थिक संकटले गर्दा बीमितहरुले बीमा पोलिसी सरेण्डर गरिरहेका छन् । आम मानिसहरुले संकट टार्न जुन प्रकृयाँबाट सहजै पैसा आउछ त्यहि प्रकृयाँलाई अपनाउने हुँदा उनिहरुको रोजाइमा बीमा पोलिसी परेको हो । बीमा पोलिसी एक प्रकारको सम्पत्ती जस्तै हो । जसलाई धितोमा राखेर कर्जा लिन सकिन्छ र धेरै नै गाह्रो भयो भने सरेण्डर गरेर आफुले भुक्तानी गरेको प्रिमियम र प्रिमियमले आर्जन गरेको बोनसमा कम्पनीको खर्च कटाएर दाबी पाउन सकिन्छ ।

संकट टार्न बीमितले सरेण्डरलाई अवलम्बन गरे पनि यो प्रकृयाँ बीमितकै लागि भने त्यति फाइदा जनक छैन । यदि उक्त पोलिसी ५/१० वर्ष अगाडी खरिद गरिएको रहेछ भने त्यो पोलिसी सोहि व्यक्तिले खरिद गर्न चाहेमा धेरै महंगो पर्न जान्छ । साथ साथै पोलिसी सरेण्डर गर्दा बीमा कम्पनीहरुले पोलिसी प्रोसेसिङका क्रममा हुने खर्चलाई पनि घटाउनु पर्ने हुन्छ । जसले गर्दा कतिपय अवस्थामा बीमितले आफुले भुक्तानी गरेको रकम भन्दा पनि कम रकम सरेण्डर रकमको रुपमा प्राप्त गर्छन् ।

बीमितलाई कम रकम दिदैमा बीमा कम्पनी पनि फाइदामा जादैनन् । बीमा कम्पनीहरुले उक्त पोलिसी जारी गर्न ठुलो स्रोत साधन र जनशक्तिको प्रयोग गरेका हुन्छन् । अझ प्रत्यक्ष रुपमा अभिकर्ताले आकर्षक कमिशन बुझिसकेका हुन्छन् । सोहि पोलिसी भित्र्याए बापत कम्पनीहरुले अभिकर्तालाई इन्सेन्टिभ, उपहार तथा विभिन्न प्रोत्साहनमुलक स्किमहरु दिएका हुन्छन् । यसले गर्दा कम्पनीहरुले पनि पोलिसी सरेण्डर हुँदा ठुलो लस बेहोर्नु पर्छ ।

हेर्नुहोस् कुन कम्पनीमा कति भयो पोलिसी सरेण्डर

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया