Nepal Life

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 20:30
कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्ट खनाललाई आज शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

NIMB

कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई दिएको हो ।

खनाल साविकको कुमारी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि सीईओ रहेका अर्याल एनसीसी बैंकमा सीईओ थिए । मर्जरपछिको बैंकको सीईओको जिम्मेवारी अर्यालले पाउँदा खनाल दोस्रो बरीयतामा थिए ।

खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानका काउन्सिल सदश्य समेत छन् । सिद्धार्थ बैंकमा ८ वर्ष काम गरेपछि उनि कुमारी बैंकमा एसिस्टेन्ट जनरल म्यानेजर पदमा प्रवेश गरेका थिए । यस भन्दा अगाडी उनले सानिमा बैंकमा पनि केहि समय काम गरे ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया