NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्स १९ औं वर्षमा प्रवेश, १० करोडमा स्थापना भएको कम्पनी एक्लैले बनायो साढे ११ अर्बको साम्राज्य

National Life
  • प्रभात कुईकेल
  • 2023 Nov 18 08:41
शिखर इन्स्योरेन्स १९ औं वर्षमा प्रवेश, १० करोडमा स्थापना भएको कम्पनी एक्लैले बनायो साढे ११ अर्बको साम्राज्य
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी आजदेखि २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको स्थापना २०६१ जेष्ठ १५ भएको थियो भने २०६१ साल कार्तिक २६ गते निर्जीवन बीमा व्यवसायका लागि बीमा समितिबाट प्रमाणपत्र प्राप्त गरेको थियो । कम्पनीले बीमा समितिबाट कार्तिक २६ गते लाइसेन्स पाए पनि निर्जीवन बीमा व्यवसायको शुभारम्भ भने २०६१ मंसिर २ गतेदेखि गरेको  थियो ।

Shikhar
NIMB

यतिवेलासम्ममा बजारमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुको स्थापना भइसकेको थियो तर वास्तविक बीमा व्यवसाय गर्ने कम्पनीको भने अभाव नै थियो । रियल इन्स्योरेन्सको अभ्यास नहुँदा सरकार तथा नियामकले पनि निर्जीवन बीमा व्यवसायलाई खासै ध्यान दिइरहेको थिएन । दाबी भुक्तानीमा सञ्चालक तथा संस्थापक लगानीकर्ताको हस्तक्षेप तथा दुरुपयोगले नेपालकै बीमा क्षेत्र बदनाम थियो ।

यस्तो अवस्थालाई नजिकबाट नियाली रहेका विद्यमान बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरुले रियल इन्स्योरेन्सको एउटा मोडालिटी बनाए । त्यो मोडालिटीमा कम्पनीको व्यवस्थापन गर्ने र लगानी गर्ने संस्थापकहरुको कित्ता छुट्टा छुट्टै हुनु पर्ने र एकले अर्कोलाई हस्तक्षेप गर्न नहुने थियो । यो मोडालिटीमा काम गर्नका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेलाई केहि ठुला लगानीकर्ताले ग्रिन सिग्नल दिए ।

पाण्डे सहितको उच्च व्यवस्थापन तहका कर्मचारीको यो मोडालिटीमा काम गर्न बुद्ध एयर, एति एयरको समुहका साथै व्यावसायी शशिकान्त समुह, प्रदिप जंग पाण्डे लगायतको आड रह्यो । उनिहका साथै केहि बैंकरले पनि राम्रै साथ दिए ।

यहि सोच र बीमाको सैद्धान्तिक धरातललाई टकेर अगाडी बढेको शिखर इन्स्योरेन्स कम्पनी १९ वर्षको अवधिमा १० करोडको सुरुवाती चुक्ता पूँजीबाट साढे ११ अर्बको कम्पनी बनाउन सफल भएको छ । त्यो पनि मर्जर नगरी आफ्नै बलबुदामा । स्थापना हुँदा कम्पनीको चुक्ता पूँजी १० करोड थियो । यसरी १९ वर्षको अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड पुगेको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी एक अर्बबाट साढे २ अर्ब पुर्याउदा अरु कम्पनीहरुले मर्जरको बाटो रोज्नु पर्यो । तर शिखर क्यापिटल प्लान आउनु भन्दा अगाडी नै साढे दुई अर्बको नजिक थियो ।

कम्पनी चुक्ता पूँजीबाट मात्रै ठुलो देखिदैन यसको कुल सम्पत्तीले पनि आकारलाई निर्धारण गर्छ । चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक अवधिमा कम्पनीको कुल सम्पत्ती ११ अर्ब ३७ करोड रहेको छ । जसमा स्पेशन रिजर्भ एक अर्ब ५६ करोड, प्राकृतिक विपद कोषमा १४ करोड ८८ लाख, रिजरर्भमा ३३ करोड, अन्य पूँजी ५८ करोड ७८ लाख सहित कुल पूँजीगत सम्पत्ती मात्रै ५ अर्ब २८ करोडको रहेको छ । यो बाहेक कम्पनीको भौतिक अभौतिक सम्पत्ती ६ अर्ब ८ करोड रुपैयाँको छ ।

चुक्ता पुँजी, नेटवर्थ, शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सुचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीहरु भन्दा अग्रणी स्थानमा रहेको छ ।

थापाथलीमा कम्पनीको आफ्नै भव्य भवन छ । देशव्यापी शाखा सञ्जाल छन् । सयौ दक्ष र अनुभवी कर्मचारी कार्यरत छन् । यो नै कम्पनीको ठुलो उपलब्धी हो ।

स्थापनाको पहिलो वर्षमा १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको शिखरले गएको आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ३१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जवकी गएको आर्थिक वर्षमा ६ वटा सफल मर्जर भए । प्रतिस्पर्धी कम्पनीहरु एक हुँदा पनि शिखरलाई व्यवसायमा उछिन्न सकेनन् । यसले पनि थाहा हुन्छ शिखरले आफ्नो धरातललाई कति बलियो बनाएको छ भनेर ।

कम्पनीले हरेक चुनौतीलाई अवसरको रुपमा लिने गरेको छ । चाहे त्यो भुकम्पको समयमा नै किन नहोस् चाहे कोभिड त अहिलेको विग मर्जर । भुकम्पको चुनौतीपुर्ण समयलाई सदुपयोग गर्दै इन्ड्रस्ट्रिकै अग्रणी बीमा कम्पनी बनेको शिखरले कोभिडको समयमा पनि आफुलाई राम्रो सँग टिकाउन सक्यो । अहिले मर्जर भएर ठुला बनेका कम्पनीले उछिन्ने ठुलो त्रासका विचमा पनि कम्पनीले सर्वाधिक व्यवसाय भित्र्याएर आफ्नो स्ट्रेन्थ देखाइदिएको छ । चालु आर्थिक वर्षमा पनि सर्वाधिक व्यवसाय गर्नेमा प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे ढुक्क छन् ।

उनि भन्छन् ‘यस वर्ष पनि हामीले राम्रो व्यवसाय गर्छौ । ग्रामिण क्षेत्रमा लगानी गरिरहेका छौ । गएका वर्षमा कृषि तथा पशुपन्छी बीमामा हामीले केहि लस बेहोर्यौ तर यस वर्षदेखि ति पोर्टफेलियोमा नाफा मात्रै होइन पुरै व्यवसायको एउटा महत्वपुर्ण हिस्सा बनिसकेको छ ।’

स्थापनाको १९ वर्षको अवधिमा शिखर इन्स्योरेन्सले शेयरधनीलाई पनि आकर्षक प्रतिफल प्रदान गरिसकेको छ । स्थापनाको १९ वर्षको अवधिमा कम्पनीले १८ अर्व भन्दा बढीको दाबी भुक्तानी गरिसकेको छ । कम्पनीबाट चुस्त रुपमा हुने दाबी फछ्र्यौटकै कारण विश्वसनिय बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको हो ।

नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी १११ शाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालमा मौसमी सुचकांकमा आधरित कृषि बीमा, सुचकांकमा आधरित बाढी बीमा, मोटर अतिरिक्त लाभ बीमा जस्ता बीमालेखहरु शिखर इन्स्योरेन्सले मात्र प्रदान गर्दै आएको छ । मौसमी सुचकांक बीमालेख मार्फत दुर्गम भेगका किसानलाई भएको जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण युके एडबाट २०१९ मा ५०,००० पाउण्डस्ट्रलिङ सहितको पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । आगामी दिनमा समेत शिखर इन्स्योरेन्सले कृषि तथा पशुपक्षी बीमामा देशको आवश्यकता अनुरुप नविन बीमालेख सहित कृषि बीमाको विस्तार गर्नुका साथै देशभर स्वास्थ्य बीमाको विस्तार गर्ने योजना रहेको छ ।

नेपाल सरकारबाट आर्थिक बर्ष २०७१/७२ मा सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित हुनुका साथै नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक व्यवसाय प्रदान गरेकोमा समेत सम्मानित हुँदै आएको छ ।

कम्पनीले अहिले भएको स्रोत साधनलाई अधिकतम उपयोग गर्दै थप शाखा सञ्जाल विस्तार गरेर व्यवसाय बृद्धि गर्ने रणनीति बनाएको छ । अन्य कम्पनीहरुको मर्जरलाई नजिकबाट नियाली रहेको कम्पनीले तत्काल कुनै मर्जर योजना बनाएको छैन ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया