एनबी बैंकको कामु सीईओमा पाण्डे नियुक्त

  • बिएफआईएस न्युज
  • 2022 Jan Tue 21:34
एनबी बैंकको कामु सीईओमा पाण्डे नियुक्त

काठमाडौं । नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी बैंकर भुपेन्द्र पाण्डेले पाएका छन् । केही साता पहिले वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका पाण्डेलाई आइतबारदेखि कामु सीईओको जिम्बेवारी दिइएको हो ।

बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना दुई कार्यकाल पुरा गरेर बैंकबाट बिदा भएपछि पाण्डेले बैंकको कमाण्ड सम्हालेका हुन् । दुई दशकलदेखि बैंकिङ सेवामा सक्रिय पाण्डे यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाटै अवकास लिएका पाण्डेले कार्यबाहक सीईओको रुपमा निफ्रामा पनि केही महिना नेतृत्व गरिसकेका छन् ।

नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी बैंकर भुपेन्द्र पाण्डेले पाएका छन्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया