Nepal Life

दशै तिहार पछि पनि लयमा आउन सकेन शेयर बजार, कारोबार रकमले भने देखायो सकारात्मक संकेत

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 15:08
दशै तिहार पछि पनि लयमा आउन सकेन शेयर बजार, कारोबार रकमले भने देखायो सकारात्मक संकेत
Sanima Reliance

काठमाडौं । दशै तिहार पछि पनि शेयर बजार लयमा आउन नसक्दा तिहार पछि खुलेको पहिलो कारोबार दिनमा नेप्से सूचक १.३९ अंकले सुधार देखिएको छ । कारोबार खुलेको १५ मिनेमा दोहोरो अंकले सुधार देखिएको नेप्से सूचक धेरै समय टिक्न सकेन । अन्तिम समयसम्म रातो देखिएको शेयर बजार बन्द भइसकेको केहि समय पछि भने हरियो देखिएको छ ।

NIMB

सूचक तल झरे पनि आजको कारोबार रकमले भने राम्रै संकेत गरेको छ । आज शेयर बजारमा एक अर्ब ९ करोडको कारोबार भयो । विगतका कारोबारमा एक अर्ब पनि हुन गाह्रो थियो ।

नेपालको अर्थतन्त्रमा दशै तिहारले विशेष महत्व राख्छ । दशै तिहारको समयमा नेपालीहरुले वर्षदिनभरी कमाएको पैसा घर परिवारका लागि खर्च गर्छन् । जसले गर्दा समग्र आर्थिक गतिविधि बढ्छ । दशै अगाडी बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा अव विस्तारै व्यापारीको माध्यमबाट बैंकिङ प्रणालीमा भित्रिन्छ ।

सिथिल अवस्थामा रहेको अर्थतन्त्रमा केहि गतिशिलता बढ्ने संकेत सँगै शेयर बजारले पनि गति लिने अनुमान गरिएको थियो । तर शेयर बजारलाई दशै तिहारको अर्थतन्त्रले उल्लास ल्याउन सकेन । तिहार पछि खुलेको आजको पहिलो कारोबारमा बढ्ने अपेक्षा गरिएको थियो । सोहि अनुसार कारोबारको पहिलो १५ मिनेटमा राम्रो सुधार देखियो तर त्यो सुधार केहि समय पनि टिक सकेन । अन्तत बजार तल झर्यो ।

बजारमा उचारचढाव देखिए पनि कारोबार रकमले भने सकारात्मक संकेत देखाएको छ । बजार जुन गतिमा तल झर्यो त्यहि गतिमा रिकभर हुन बाँकी छ । घटेको अंक मात्रै रिकभर हुँदा पनि २/३ सयले बजार माथि थाले निश्चित छ । यसले गर्दा लगानीकर्ताहरु उचित मौकाको पर्खाइमा छन् ।

सोमबार १०० वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १३१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । आज ग्रोबल आइएमई लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिष्टिलरीको सर्वाधिक धेरै ७ करोड ३६ लाख रुपैयाँको खरिद बिक्री भएको छ । होटल, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य सूचकमा गिरावट देखिएको छ भने बाँकी सूचकमा सुधार देखिएको छ । बैंक वित्तीय संस्थाको सूचकमा सुधार आउदा पनि नेप्से सूचक भने बढ्न सकेन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया