Nepal Life

राजनीतिक अस्थिरताको संकेतले शेयर बजारमा गिरावट, २३ अंकले घट्दा ९५ करोडको कारोबार

National Life
  • BFIS News
  • 2023 Nov Tue 15:08
राजनीतिक अस्थिरताको संकेतले शेयर बजारमा गिरावट, २३ अंकले घट्दा ९५ करोडको कारोबार
RBB

काठमाडौं । राजनीतिक अस्थिरता हुने लक्षणले शेयर बजारमा भारि गिरावट आएको छ । काठमाडौंमा नेकपा एकालेका नेता महेश बस्नेत र राजावादी पक्षधर दर्गा प्रसाइले गर्ने आम सभाले राजनीतिमा ठुलै तरङ्ग पैदा गरेको छ । यसै सिलसिलामा राजनीतिक अस्थिरता बढ्ने भन्दै लगानीकर्ता डराएका हुन् ।

 

NIMB

सामान्यतया मंसिर महिना शेयर बजारका लागि खासै सुखद मानिदैन । त्यसमा पनि आर्थिक मन्दीको प्रत्यक्ष असर देखिदै आएको छ । यिनै कारणले मंगलबार नेप्से सूचक २३.८२ अंकले घटेर १८२९.६५ अंकमा झरेको छ । यो साढे दुई वर्ष यताकै तल्लो विन्दु हो ।

आज सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तो अवस्थामा पनि ३१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । आज ९५ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । हिजो एक अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार सामान्य अंकले घट्दा कारोबार रकममा उल्लेख्य सुधार भएकोमा आज मंगलबार पनि झन् ठुलो अन्तरले गिरावट आउदा लगानीकर्ता पेनिक देखिएका छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया