सरकारले शेयर बजारको समस्या संबोधन नगर्दा लगानीकर्ता प्यानिक हुनु पर्यो : राधा पोखरेल

  • BFIS News
  • 2023 Nov Tue 16:39
सरकारले शेयर बजारको समस्या संबोधन नगर्दा लगानीकर्ता प्यानिक हुनु पर्यो : राधा पोखरेल

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाल सरकारले शेयर बजारलाई संबोधन नगर्दा लगानीकर्ताहरु प्यानिक हुनु परेको बताएकी छिन् । शेयर बजार लगातार घट्दा पनि सरकारले बजार बढाउनका लागि कुनै पनि पहल कदमी नगरेको उनको आरोप छ । उनले थपिन् ‘सरकारले बजार बढाउनका लागि बजारमा के कस्ता समस्या छन्, लगानीकर्ता किन प्यानिक भइरहेका छन् भनेर खोज्ने कामै गरेन ।’

अर्को तर्फ सरकार परिवर्तनको कुराले पनि लगानीकर्ता हच्किएका छन् । यदि सरकार परिवर्तन भइहाल्यो भने कसको सरकार आउने हो भन्ने दुविधा छदै छ । यसले गर्दा लगानीकर्ताको सरकार प्रतिको विश्वास नै गुमेको पोखरेलको भनाइ छ ।

अर्थतन्त्रमा देखिएको मन्दीले गर्दा लगानीकर्तामा केहि होला भन्ने विश्वास देखिदैन । यसले गर्दा बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुन सकेको छैन साथै विद्यमान लगानीकर्ताले पनि लगानी नगरी बसेको पोखरेल बताउछिन् । शेयर बजारको विगतलाई हेर्दा मंसिर, पुस, माघ महिना अफ सिजन हो । अफ सिजनमा बजार अझै तल झर्ने हो कि भन्ने डरले पनि लगानीकर्ताले शेयर खरिद नगरि बसेका छन्  । अहिले लगानी गर्दा प्रतिफल आउला भन्ने आशा नभएर पनि लगानीकर्ताको सक्रियता घटेको पोखरेलको विश्लेषण छ ।  उनले भनिन् ‘त्यसैले अहिले लगानीकर्ता पर्ख र हेरकै स्थितिमा छन् ।’

मौद्रिक नीतिको समिक्षामा ४/१२ को संबोधन हुन्छ कि भन्दै गर्दा १५ र २० मा पुर्याउदा लगानीकर्तामा थप निरासा पैदा गरेको पोखरेलको अनुभव रहेको छ । शेयर बजार चलायनमान बनाउन साना लगानीकर्ताबाट ३/४ लाख बराबरको मात्रै कारोबार हुने हो । त्यसैले ठुलो कारोबारका लागि ठुलै लगानीकर्ताले करोडौ अर्बौ रुपैयाँको खरिद बिक्री गर्न सक्ने वातावरण हुनु पर्छ । राष्ट्र बैंकको १५/२० करोडको सिमाले गर्दा ठुला लगानीकर्ताको कारोबार गर्ने क्षमतामा ह्रास आएको पोखरेलको तर्क छ । यसले गर्दा शेयरधितो कर्जाको सिमालाई खुला छाडिदिनु पर्ने उनको सुझाव रहेको छ ।

 बैंकहरुले बजारमा प्रयाप्त तरलता छ भन्दै गर्दा उनिहरुले मार्जिन लोनमा भने अघोषित रुपमा कडाइ गरिरहेको पोखरेलको आरोप छ । उनले भनिन् ‘बैंकहरु सँग बुझ्दा बजारमा प्रयाप्त पैसा आएको जस्तो बुझिदैन । यसले गर्दा बैंकबाट पैसा लिन अप्ठ्यारो छ ।’

शेयर बजारमा दुई तीन वर्षदेखि लगातार गिरावट भइरहेकाले बजार चलायमान हुन सकेको छैन । अधिकाम्स लगानीकर्ता करोडौ अर्बौ रुपैयाँ पोर्टफेलियो गुमाएर बसिरहेका छन् । यसले गर्दा उनिहरु थप पैसा लगानी गर्न सक्ने अवस्थामा छैनन् । हातमा पैसा भएकाहरु पनि बजार अझै के हुने हो भनेर लगानी गर्न डराइ रहेका छन् ।

बजार बढ्नका लागि नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै सकारात्मक भुमिका खेल्नु पर्ने पोखरेलको सुझाव छ । यदि कर्जाको व्याजदर एकल अंकमा झर्ने हो र शेयर धितो कर्जामा लगाएको सिमा हटाउने हो भने मात्रै शेयर बजारले गति लिन्छ होइन भने लगानीकर्ता अझै पेनिक हुनु पर्ने अवस्था रहिरहने उनको विश्लेषण छ ।

बजार घट्नुमा राष्ट्र बैंक पछि दोस्रो ठुलो भुमिका नेपाल धितोपत्र बोर्डको छ । धितोपत्र बोर्डले जस्ता सुकै कम्पनीलाई प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्न दिदा बजारमा ओभर सप्लाइ भएको छ । नेपाल धितोपत्र बोर्डले ओभर सप्लाइ रोक्न जस्ता सुकै कम्पनीलाई आइपिओ निष्काशनको अनुमति दिन रोक्नु पर्ने पोखरेलको सुझाव छ । उनले भनिन् ‘प्राथमिक बजारमा पुर्व मेचीदेखि पश्चिम महाकालीका लगानीकर्ता छन् । जसलाई कुन कम्पनी कस्तो हो भनेर थाहा छैन । धितोपत्र बोर्डले यस्ता लगानीकर्ताको हित संरक्षण गर्नका लागि पनि जस्ता सुकै कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्न रोक लगाउनु पर्छ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया