हिमालयन ८० –२० सञ्चालनमा आउने, सेबोनबाट पायो स्वीकृती

  • BFIS News
  • 2023 Jul Thu 07:15
हिमालयन ८० –२० सञ्चालनमा आउने, सेबोनबाट पायो स्वीकृती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको छ । 

हिमालयन ८० –२० फण्डले इकाई निष्कासन गर्न अनुमति पाएको हो । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने लागेको यो पहिलो म्युचुअल फण्ड हो । योजनाको व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छ । हिमालयन ८० –२० ले १० करोड इकाई निष्कासन गर्नका लागि असार १९ गते सेबोनबाट स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छन् । स्वीकृति पाएसँगै यो फण्डले रू. १० अंकित दरका कुल रू. १ अर्ब बराबरको इकाई विक्री खुला गर्नेछ । यो बन्दमुखी योजना हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार