NIMB Header 2
Nepal Life

शेयर धितो कर्जाको सिमा हट्ने हल्लाले दोहोरो अंकको सुधार, पब्लिक सेन्टिमेन्टका लागि शेयर बजार बन्ला राजनीतिक मुद्दा ?

National Life
  • BFIS News
  • 2023 Nov 22 15:09
शेयर धितो कर्जाको सिमा हट्ने हल्लाले दोहोरो अंकको सुधार, पब्लिक सेन्टिमेन्टका लागि शेयर बजार बन्ला राजनीतिक मुद्दा ?
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षामा शेयरधितो कर्जाको सिमा हटाउने हल्लाले बुधबार नेप्से सूचकमा सुधार देखिएको हो । दुर्गा प्रसाइ तथा महेश बस्नेतको शक्ति प्रदर्शनको चर्चाले तरङ्गित बनेको मंगबारको शेयर बजारमा राष्ट्र बैंकको मौद्रिक समिक्षाको चर्चाले केहि सुधार देखियो । तर बजारमा हल्ला भए जस्तो दुबै तथ्यमा कुनै दम भने छैन ।

 

Shikhar
NIMB

मौद्रिक नीतिको समिक्षा अगाडी जहिले पनि चर्चा गर्ने हल्ला गर्ने र बजार सुधार गर्ने परिपाटी धेरै पुरानो हो । जसले गर्दा मौद्रिक समिक्षा अगाडी जहिले पनि बजार सुधार हुने र मौद्रिक समिक्षा पश्चात बजार जहिले पनि तल झर्ने परिपाटी छदै छ । राष्ट्र बैंकका पदाधिकारीहरुले यस विषयमा आधिकारिक रुपमा तथा ठोस रुपमा कुनै पनि जानकारीको पुष्ठी गरेका छैनन् ।

तर ठुला लगानीकर्ताहरुले नै सञ्चार माध्यमलाई प्रयोग गर्दै यस्तो हल्ला छ भन्दै हल्ला गर्ने गरेका छन् । ताकी एक दुई दिनमा बजार बढाउने र बिक्री गरेर बाहिरिने परिपाटी छदैछ । अर्थतन्त्रका विषयमा प्रधानमन्त्री अर्थमन्त्रीले केहि दिनदेखि बृहत छलफल गर्दै आइरहेका छन् । यस्तो छलफलमा गभर्नर महाप्रसाद अधिकारी पनि सरिक हुँदै आइरहेका छन् । उनले राजनीतिक बृत्तको कुरा सुन्छन् तर निर्णय भने आफै गर्छन् ।

यस पटकको परिस्थिति अलि फरक छ । अहिलेको कमजोर अर्थतन्त्रलाई मुद्दा बनाएर राजाबादीहरु सलबलाइरहेको सन्दर्भरमा नेकपा एमाले तथा सत्ता पक्षधर दुबै हच्किएका छन् । शेयर बजारमा फसेकाहरुको संख्या धेरै ठुलो छ । यो समुहलाई उत्साहित पार्न पनि सरकार तथा प्रतिपक्षले यस विषयमा अलि लचकता अपनाउन र लगानीकर्ताको बनोबल बढाउन गभर्नर अधिकारीलाई निर्देशन भने दिन सक्ने सम्भावना धेरै छ ।

गभर्नर अधिकारीले सरकारको राम्रो प्रतिपक्षीको भुमिका निर्वाह गर्दै आइरहेका छन् । नेकपा एमाले निकट मानिने गभर्नर अधिकारीले अर्थतन्त्र तथा शेयर बजारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित पार्ने नियतका साथ पोलिसी ल्याउने गरेको आरोप लाग्ने गरेको छ । उनको विगतको कार्यशैलीले पनि केहि हदसम्म पुष्ठी गरिसकेको छ । शेयर बजारमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल सरकार तथा राजनीतिक घटनाक्रमले राम्रो प्रभाव पार्छ । यसलाई राम्रो सँग बुझेका गभर्नर अधिकारीले नीति बनाउदा पनि सरकारलाई असफल बनाउने गरी काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । यस जनार्दन शर्मा अर्थमन्त्री हुँदा सबैले देख्ने गरी नै यस्ता काम भयो । जव विष्णु पौडेल अर्थमन्त्री भए गभर्नर अधिकारीको कार्यशैलीमै एकाएक परिवर्तन आएको थियो । अहिलेका अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि भनेको कुरालाई अधिकारीले टेर्ने गरेको पाइदैन । तर शर्मालाई जति पुरै नट्ने भने होइन ।

तर अहिलेको राजनीतिक घटनाक्रम सत्ता पक्ष प्रतिपक्ष तथा एकले अर्कोलाई असफल बनाउने खेल भन्दा पनि अहिलेको राजनीतिक संरचना प्रति नै धक्का पुग्ने काम हुन थालेको हुँदा सबै जना एकै ठाउँमा आउन सक्ने सम्भावना धेरै छ । टिकटक बन्द गर्ने, निशेधाज्ञा जारी गर्ने लगायतका हर्कले पनि सरकार धेरै नै हच्किएको छ । यसले गर्दा शेयर बजार, घरजग्गा लगायतका क्षेत्रबाट सरकारले अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गर्न सक्छ ।

यहि कारणले बुधबार नेप्से सूचक २०.६७ अंकले सुधार देखियो । कारोबारको सुरुवाति समयमा खासै सुधार हुन नसकेको शेयर बजार अन्तिम समयमा भने दोहोरो अंकले छलाङ मार्यो । आज कारोबार रकम पनि एक अर्ब नाघेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया