Nepal Life

दोस्रो बजारमा ८२ ब्रोकर र २ वटा स्टक डिलर मार्फत शेयर कारोबार गर्न सकिने, हेर्नुहोस् सूचिसहित

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 16:31
दोस्रो बजारमा ८२ ब्रोकर र २ वटा स्टक डिलर मार्फत शेयर कारोबार गर्न सकिने, हेर्नुहोस् सूचिसहित
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ८२ वटा ब्रोकर र २ वटा स्टक डिलरले सदस्यता नविकरण गराएका छन् । दोस्रो बजारमा धितोपत्र कारोबार (खरिद तथा बिक्री) गर्न नेपाल स्टक एक्सचेन्जले गएको असोज मसान्तसम्ममा सदश्यता नविकरणका लागि आह्वान गरेको थियो । यस अवधिम सदश्यता नविकरण गराएका ८२ वटा ब्रोकर कम्पनी र २ वटा धितोपत्र व्यापारीहरुको नामावली सार्वजनिक गरेको छ ।

NIMB

नेपाल धितोपत्र बोर्डले यस वर्ष एक स्टक डिलर तथा ४३ वटा ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको थियो । तर हालसम्म नयाँ ३२ वटाले मात्रै कारोबार सुरु गरेका छन् । अझै १० वटाले कारोबार सुरु गर्न सकेका छैनन् । धितोपत्र बोर्डले लाइसेन्स दिए पछि कारोबार गर्ने अनुमति भने नेपाल स्टक एक्सचेन्जबाट लिनु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया