Nepal Life

शेयर बजार लगातार घट्दा सरकारको आम्दानी पनि ६१ प्रतिशतले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 20:14
शेयर बजार लगातार घट्दा सरकारको आम्दानी पनि ६१ प्रतिशतले घट्यो
Sanima Reliance

काठमाडौं। शेयर बजारमा लगातार गिरावट हुँदा सरकारले पनि पूँजीगत लाभकर गुमाएको छ । कार्तिक महिनामा मात्रै सरकारले पाउने पूँजीगत लाभकर ६१.६७ प्रतिशतले घटेको सिडीएससीले जनाएको छ । 

NIMB

शेयर बजार घट्दा लगानीकर्ताले नोक्सानमै शेयर बिक्री गर्नु पर्छ । पूँजीगत लाभकर नोक्सानमा लाग्दैन । जव लगानीकर्ताले शेयरबाट मुनाफा आर्जन गर्छन् त्यसमा मात्रै पूँजीगत लाभकर लाग्ने भएकाले सरकारको आम्दानीमा पनि ठुलै धक्का पुगेको हो । 

गएको कार्तिक महिनामा सरकारले दोस्रो बजारबाट ८ करोड ४१ लाख रुपैयाँ मात्रै पूँजीगत लाभकर प्राप्त गरेको छ । जवकी गएको असोज महिनामा सरकारले २१ करोड ९५ लाख रुपैयाँ संकलन गरेको थियो । लाभकर घट्नुमा शेयर बजारमा भएको गिरावट सँग सँगै यस अवधिमा दशै तिहारको विदाले पनि प्रभाव पारेको सिडिएससीले जनाएको छ । 

बजार लगातार तल झर्दा दोस्रो बजारमा कारोबार पनि त्यहि अनुपातमा घट्ने गरेको छ । बजार घट्दा धेरै लगानीकर्ताले बिक्री नगरी होल्ड गरेर बस्छन् । जव बजार सुधार हुँदै जान्छ खरिद गरेको भन्दा केहि मुनाफा हुने वित्तीकै बिक्री गर्नेको संख्या पनि बढ्छ साथै कारोबार रकममा पनि बृद्धि हुन्छ । 

दोस्रो बजारबाट सरकारले दीर्घकालीन लगानीकर्ता सँग कात्तिकमामा २ करोड ६९ लाख १८ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । जवकी असोजमा ५ करोड ५१ लाख संकलन भएको थियो। यस्तै अल्पकालीन लगानीकर्ताले कात्तिकमा ४ करोड ६० लाख रुपैयाँ पूँजीगत लाभकर बुझाएका छन्। उनीहरुले असोजमा १४ करोड ९८ लाख रुपैयाँ बुझाएका थिए।

संस्थागत लगानीकर्ताबाट पनि कात्तिकमा १ करोड ११ लाख रुपैयाँ मात्र संकलन भएको सीडीएससीको तथ्यांक छ। उनीहरुले असोजमा १ करोड ४५ लाख पुँजीगत लाभकर बुझाएका थिए। सेयर किनबेचमा दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ।

अर्बौ रुपैयाँ कर उठ्ने शेयर बजारलाई भने सरकारले खासै सकारात्मक रुपमा हेर्ने गरेको छ । बजार जति धेरै चलायनमान भयो सरकारको आम्दानीमा पनि सोही अनुसार सुधार हुन्छ । तर नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्रालयका पदाधिकारीहरु नै शेयर बजार विरोधी नीतिका लागि तल्लिन हुन्छन् । शेयर बजारबाट निश्चित लगानीकर्ताले राम्रै आम्दानी गर्छन् । जसले सरकारका पदाधिकारीहरुले सकारात्क नजरबाट भन्दा पनि इर्स्या पुर्वक हेर्ने गर्छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया