Nepal Life

शेयर बजार सर्वाधिक तल्लो विन्दुमा झर्दा लगानी गर्ने अवसर, शेयर बजार अझै घट्ला कि बढ्ला ? (विश्लेषण)

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 08:14
शेयर बजार सर्वाधिक तल्लो विन्दुमा झर्दा लगानी गर्ने अवसर, शेयर बजार अझै घट्ला कि बढ्ला ? (विश्लेषण)
Sanima Reliance

काठमाडौं । कम्पनीको शेयर मूल्य घट्नु र बढ्नु नै शेयर बजारको विशेषता हो । ‘बढे पछि घट्छ अनि घटे पछि बढ्छ’यो नै शेयर बजारको सिद्धान्त हो । त्यसैले लगानीकर्ताको शेयर बजारमा सर्वाधिक आकर्षण हुने गरेको छ । जव बजार तल झर्छ अनि हामी आत्तीन्छौ र शेयर खरिद गर्ने आट गर्दैनौ जव बजार बढ्छ तव हाम्रो शेयर खरिद गर्ने योजना बनाउछौ । अनि शेयर बजारबाट मलाई यति नोक्सानी भयो भन्छौ ।

NIMB

यदि हामीले बजार धेरै नै घटेको मौकामा शेयर खरिद गर्ने आट गरेको भए हामीले बजारबाट राम्रै पैसा कमाउथ्यौ । तर सबैले बजार बढ्यो बढ्यो भनिरहेको समयमा हामी छिर्यौ भने हामीले शेयर खरिद गरेकै भोलिप्टदेखि घट्न सुरु गर्छ । त्यसैले शेयर बजारमा लगानी गर्दा एकदमै चनाखो हुन्छ ।

शेयर बजारमा एउटा कथन छ ‘शेयर बजारबाट म डुबे । मेरो सम्पुर्ण सकियो भन्नेको आवाज सुनिन थाल्यो भने जान्नुहोस् अव शेयर किन्ने बेला भयो । त्यस्तै मैले शेयर बजारबाट यति कमाए । शेयर बजार अझै बढ्छ । सबैको हसिलो चेहेरा देख्नु भयो भने पर्खनुहोस्, थप शेयर नकिन्नुहोस् बरु आफु सँग शेयर छ भने पनि बिक्री गरेर बस्नुहोस् । त्यो पैसा बैंकमा राखेर व्याज खानुस अथवा अन्यन्त्र लगानी गर्नुहोस् ।’ यसरी दुई वटा घटनालाई राम्रो सँग मूल्याङ्कन गरेर शेयर खरिद बिक्री गर्नेले कहिल्यै पनि गुमाउनु पर्दैन ।

तर शेयर बजारको अर्को विशेषता सधै तपाईले गरेको विश्लेषण मिल्दैन । त्यसैले धेरै अध्ययन गर्नुहोस् र बजारलाई मूल्याङ्कन गर्ने हरेक टुलहरु जस्तो प्राविधिक विश्लेषण तथा सैद्धान्तिक विश्लेषण गर्नुहोस् ।

अहिलेको समय पनि शेयर बजारमा धेरै गुमाउनेको तप्का छ । सबै जना शेयर बजारबाट पिडित छ । पछिल्लो एक वर्षको अवधिको शेयर बजारको मुभमेन्टलाई हेर्यो भने २२०० अंकदेखि १८०० अंकको विचमा बजार चलिरहेको छ । बजार १८ सय भन्दा तल पनि झरेको छैन र २२ सय भन्दा माथि पनि जान सकेको छैन । यि दुबै बिन्दुलाई तोड्नका लागि कि त देशमा ठुलै कायपलट हुनु पर्छ ।

१८०० अंक भन्दा तल झर्नका लागि अर्थतन्त्र यो भन्दा पनि धेरै तल झर्नु पर्छ भने २२०० अंक भन्दा माथि जानका लागि अर्थतन्त्रमा देखिने गरि राम्रो सुधार हुने संकेतहरु देखिनु पर्छ । अहिले यि दुबै फ्याक्टर देखिएको छैन । सरकारले अर्थतन्त्रका विषयमा गम्भिर चासो व्यक्त गरिरहेको छ । यो मानेमा सरकारले अर्थतन्त्रलाई सुधारको लयमा फर्काउन खोजिरहेको छ । यसले गर्दा अर्थतन्त्र अहिलेको अवस्था भन्दा अझै कमजोर नहोला भन्ने आकलन गर्न सकिन्छ ।

अर्को तर्फ तत्काल अहिलेको आर्थिक मन्दीमा एकाएक सुधार हुने कुनै संकेत पनि देखिएको छैन । सरकारले सुधारको प्रयास गर्यो भने पनि त्यसको नतिजा आउन अझै एक दुई वर्ष लाग्छ । यसले गर्दा अझै एक वर्ष शेयर बजार १८०० देखि २२०० को विचमा चल्ने पक्का छ । अव बुझ्नुस् अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका हो ।

त्यसो भए कस्तो लगानी गर्ने अल्पकालिन वा दीर्घकालिन ?

शेयर बजार पछिल्ला बुल र बियरिसको मुभमेन्ट अनुसार सबैभन्दा तल्लो विन्दुमै छ । बजार अघिल्लो बुलको अधिकतम विन्दुमा भन्दा तल झरेको अवस्था छ । सामान्यतया शेयर बजारमा अघिल्लो बुलको बटम लाइन नै वर्तमान वियरिस ट्रेण्डको तल्लो विन्दु हुने गर्छ । नेपालको विगतको शेयरबजारलाई हेर्यो भने यस्तै देखिन्छ ।

अहिले शेयर बजारलाई दुई वटाले सबैभन्दा धेरै प्रभाव पारिरहेको छ । पहिलो आर्थिक मन्दी दोस्रो गभर्नर महाप्रसाद अधिकारीको शेयर बजार प्रतिको नीति । गभर्नर अधिकारीले शेयर बजारलाई सफर गराउन जाना जान शेयरधितो कर्जाको सिमा लगायतका कुराहरुमा हाउबुझी देखादिएका छन् । गभर्नर अधिकारीको कार्यकाल अझै १७/१८ महिना बाँकी छ । उनको कार्यकाल भर सरकारमा आमुल परिवर्तन आएन भने शेयर बजार सुधार हुने पक्षमा छैन । यस अवधिमा अर्थतन्त्रमा पनि क्रमिक सुधार हुनेछ । त्यतिवेला लगानीकर्ताको मनोविज्ञान यि दुबै तत्वले बढाउने छ । तर यस अवधिमा सरकार परिवर्तन भयो र नेकपा एमाले सरकारमा आउने अवस्था बन्यो भने शेयर बजार प्रति गभर्नर अधिकारीले पुनः लिवरल नीति लिनेमा दुइ मत नै छैन । जुन कुरा उनको विगतको कार्यशैलीले पुष्ठी गर्छ ।

गएको वर्षको बजारको प्याट्रन हेर्यो भने लगानीकर्ताले बढ्छ भनेर अपेक्षा गरिएको समयमा घटेको छ भने घट्छ भनिएको समयमा बढेको छ । यसको मुल कारण धेरै लगानीकर्ताले एकै पटक शेयर बजारको विगतको प्याट्रन पछ्याएर हो । बजार मास साइकोलोजी हो । जहाँ एउटा अव बढ्ने चान्छ छैन भनेर बिक्री गरिरहदा अर्कोले अवसर देखेर खरिद गरिरहेको हुन्छ ।

यस वर्ष देशै भन्दा अगाडी शेयर बजारमा सुधार देखियो तर दशै र तिहारको समयमा धेरै तल झर्यो । यसले गर्दा तिहार खुले लगत्तै सुधार हुन थालेको छ । यसमा राजनीतिक कारणका अलावा बजार धेरै नै तल झर्दा अवसर देखेर खरिद गर्नेहरुको संख्या बढ्दा सुधार भयो ।

केहि लगानीकर्ताको मिडियाले गएका दिनमा बजार सुधार गर्ने उद्देश्यका साथ शुक्रवार मौद्रिक समिक्षा आउने र मौद्रिक समिक्षामा शेयरधितो कर्जाको सिमा हट्ने भन्दै समाचार तयार पारे । लगानीकर्ताहरु नै मिडिया सञ्चालक भएकाले धेरै हदसम्म उनिहरुले समाचार मार्फत बजारलाई प्रभाव पार्न खोजिरहेका हुन्छन् ।

तर यथार्थमा गभर्नर अधिकारीलेले शेयरधितो कर्जाको सिमामा खासै बोल्ने अनुमान गर्न सकिदैन । गएको साउनमै अर्थमन्त्रीले ठाडो निर्देशन दिदा समेत नटेरेका गभर्नरले अहिले आएर हटाउलान् भनेर अनुमान गर्न सकिदैन । हटाइहाले भने पनि शेयर बजार बढ्ने भनेको २/३ सय अंकले मात्रै हो । जुन एक वर्षको ट्रेण्ड अनुसार नै अगाडी बढ्ने हो । विगतका मंसिर पुस महिनामा जहिले पनि बजार घट्ने गर्थ्यो । तर यस पटक भदौ असोज कार्तिकमा बजार घटिसकेको छ । यसले गर्दा यस वर्षको मंसिर पुस महिना विगतका वर्षमा जस्तो पेनिक नहुन सक्छ ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गइरहेको छ भने व्याजदर पनि तल्लो विन्दुमा झरिरहेको छ । यो पनि शेयर बजारका लागि सकारात्मक संकेत हो । मात्रै के हो भने यो तरलता कतिदिनसम्म टिक्छ भन्ने हो । यदि नयाँ क्षेत्रमा कर्जा जान सकेन भने अन्तिमा आउने भनेको शेयर बजारमै हो । यसलाई पनि लगानीकर्ताले नजिकबाट नियाल्नु पर्छ ।

बजार अलि कति पनि सुधारको लयमा देखियो भने नयाँ आएका ब्रोकरले बजार विस्तार गर्ने छन् । यसले गर्दा बजारमा डिम्याण्ड क्रियट गर्नेछ । नेपालको पर्यटन क्षेत्रमा राम्रो बृद्धि देखिन थालिसकेको छ । पर्यटन क्षेत्रका लगानीकर्ताले पनि शेयर बजारलाई दोस्रो लगानीको क्षेत्र बनाउन सक्ने छन् । आम सर्वसाधारण सँग पैसा नभएको होइन खर्च गर्न डराएका हुन् । उनिहरुले आफ्नो क्षमता अनुसार बचत गरेर बसिरहेका छन् । यदि बजार सुधार हुने संकेत मात्रै देखियो भने पनि उनिहरुले आफ्नो बचतलाई शेयरमा लगानी गर्न सक्छन् । यहि मौकामा ठुलो लगानीकर्ताको प्रवेश भयो भने बजारले एउटा गति समात्नेछ । तर साना साना बचतलाई शेयरमा लगानी गर्दै गर्दा धेरै कुराहरुलाई विचार गरेर मात्रै लगानी गर्नु पर्छ । शेयर बजारमा प्रवेश गर्न सजिलो छ तर उचित समयमा निस्कने आट एकदमै कमले गर्छन् । त्यसैले शेयर बजारमा त्यतिवेला नाफा घाटा हुन्छ जतिवेला आफुले शेयर बिक्री गरेर खातामा पैसा आउछ । शेयर बिक्री नगरी बस्दा भ्यालु मात्रै घट्ने वा बढ्ने हो । नाफा नोक्सान हुँदैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया