Nepal Life

शेयर बजार लयमा फर्कियो, मौद्रिक समिक्षाको आडले एक सातामा ७८ अंकको सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 15:13
शेयर बजार लयमा फर्कियो, मौद्रिक समिक्षाको आडले एक सातामा ७८ अंकको सुधार
Sanima Reliance

काठमाडौं । शेयर बजार लयमा फर्किएको छ । आइतबार एकैदिन ४७.७५ अंकले सुधार हुँदा लगातार एक महिनासम्मको गिरावट रिकभर भएको छ ।  दशै तिहारको अवधिमा शेयर बजार लगातार तल झर्ने क्रममा १८२९ अंकसम्म तल झरेको थियो ।

NIMB

आज साताको पहिलो दिनमै नेप्से सूचक ४७.७५ अंकले सुधार हुँदा १९०७.९५ अंकमा रोकिएको छ । आज कारोबार सुरु हुने वित्तीकै बढ्न थालेको थियो । शेयर बजार धेरै नै तल झरेको भन्दै लगानीकर्ताले शेयर खरिद गर्न खोज्दा आज उछाल आएको हो ।

यसका साथै नेपाल राष्ट्र बैंकले पहिलो त्रैमाशिक मौद्रिक समिक्षाको तयार गर्दै गर्दा शेयर बजारमा भने उछाल आएको हो । राष्ट्र बैंकले शेयरधितो कर्जाको सिमामा पुनरावलोकन गर्ने चर्चा सँगै शेयर बजारमा सुधार देखिएको हो । अर्को तर्फ राजतन्त्रको पक्षमा दुर्गा प्रसाइले चलाइरहेको मुभमेन्टले सरकार हल्लिएको छ । सरकार प्रति आम नागरिक नै निरास भइरहेको भन्दै सरकारले लगानीकर्तालाई उत्साहित पार्न पनि केहि सकारात्मक नीतिगत पहल गर्ने अपेक्षाले पनि लगानीकर्तामा हौसला थपेको छ ।

आज २१४ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बजारमा सुधार सँगै कारोबार रकम २ अर्ब नाघेको छ । यस्तो कारोबार धेरै पछि देखिएको छ । अल्पकालिन तथा दीर्घकालिन दुबै किसिमका लगानीकर्ताले सस्तोमा शेयर उठाउदा आइतबार राम्रै उछाल आयो । आज बाणिज्यका साथ साथै बीमा कम्पनीमा सबैभन्दा धेरै उछाल आएको छ ।

तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले सुधार देखिएको छ । सर्किट लाग्नेमा धेरै जसो जलविद्युत कम्पनी छन् । कयौ जलविद्युत कम्पनीको शेयर मूल्य आधार मूल्य हाराहारीमा कारोबार भइरहदा सस्ता मूल्यका शेयर उठाउने लहडले पनि बजारमा सुधार देखियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया