Nepal Life

सर्वोत्तम सिमेन्टको आइपिओमा अधिकतम ४०६ रुपैयाँसम्मको आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 13:40
सर्वोत्तम सिमेन्टको आइपिओमा अधिकतम ४०६ रुपैयाँसम्मको आवेदन
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निष्काशन गर्ने आइपिओका लागि २० वटा संस्थागत लगानीकर्ताले आवेदन दिएका छन् । बुक विल्डिङ विधि अनुरुपत २५ वटा कम्पनीले आशय मूल्य पेश गरे पनि २० वटाले मात्रै सहभागिता जनाएका छन् ।

NIMB

योग्य संस्थागत लगानीकर्ताहरुले प्राथमिक चरणमा कुल ३६ लाख १९ हजार १९० कित्ताको लागि आवेदन दिएका छन् । धेरै जसोले ४०१ रुफैयाँका दरले आवेदन दिएकाले कट अफ मूल्य ४०१ रुपैयाँ नै कायम हुन सक्ने अनुमान गरिएको छ । 

कम्पनीले मंसिर ६ गतेदेखि १० गतेसम्म आह्वान गर्दा कुमारी क्यापिटल अन्तर्गतका २ वटा म्युचुअल फण्डले सबैभन्दा बढी मूल्यमा बोलपत्र पेश गरेको छन् । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि आबेदन दिएका छन् । उनीहरुले सबैले चार सय ६ रुपैयाँ दरमा आबेदन दिएका छन् । 

त्यसपछि बढी मूल्य हाल्नेमा नागरिक लगानी कोष पनि छ। उसले चार लाख कित्ता शेयर माग गरेको छ। कोषले भने चार सय पाँच रुपैयाँ दरमा शेयर माग गरेको हो।

एक आबेदकले कुल निष्कासनको २० प्रतिशत हुन आउने चार लाख ८० हजार कित्तसम्म आबेदन दिन पाइने व्यवस्था अनुरुप चार कम्पनीले सोहि अनुपातमा आबेदन दिएका छन्। जसमा सिटी एक्सप्रेस इन्भेष्टमेन्ट प्राली, स्काइ टच इन्भेष्टमेन्ट कन्सटट्यान्ट, अलका इन्भेष्टमेन्ट प्रालि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०१ रुपैयाँको दरमा शेयर माग गरेका छन्।

प्रभु सेक्ल्क फण्डले दुई लाख २० हजार कित्ता ४०१ रुपैया दरमा शेयर माग गरेको छ। यसैगरी कामना सेवा विकास बैंकले दुई लाख कित्ताको लागि आदेन दिएको छ। उसले ४०१.५१ मूल्यमा शेयर माग गरेको छ। अहिले पनि भौचर रुजु गर्ने काम भइरहेको छ। औपचारिक रुपमा भने अझै कट अफ मूल्य तोकिएको छैन। यही तथ्याङ्क रुजु भए कट अफ मूल्य ४०१ नै हुने निश्चित छ। 

कम्पनीको निष्कासनमा पहिले नै आशय मूल्य तय गर्नको लागि सहभागिता जनाएकाले पनि उनीहरुले सोही मूल्यमा शेयर माग गरेका हुन्। आशय मूल्य तय गर्नेमा २५ कम्पनी सहभागी थिए। जसमा २० कम्पनीले सहभागिता जनाएका छन् भने बाँकीले सहभागिता जनाएनन्। आशय मूल्यमा सहभागिता जनाउनेले शेयर किन्नै पर्ने नियम छ। जस कारण सहभागिता नजनाउनेको हकमा के हुन्छ भन्ने बिषयमा भने धितोपत्र बोर्डले गर्ने निर्णय कुर्नु पर्ने हुन्छ।  

कम्पनीले गत मंसिर ६ गतेदेखि खुला गरेको बोलकबोल हिजो मंसिर १० गते सकिएको थियो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको हो। सोमध्ये ४० प्रतिशत हुन आउने २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ तोकिएको थियो। (Merolagani)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया