Nepal Life

हल्लै हल्लामा ४७ अंकले बढेको शेयर बजार भोलिपल्टै १३ अंकले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 15:08
हल्लै हल्लामा ४७ अंकले बढेको शेयर बजार भोलिपल्टै १३ अंकले घट्यो
Sanima Reliance

काठमाडौं । आइतबार ४७.७५ अंकले बढेको शेयर बजार सोमबार भने १३ अंकले घटेको छ । लगातार घटिरहेको शेयर बजारमा केहि लगानीकर्ताले मिडियावाजी गरेर मौद्रिक समिक्षाको हल्ला गरेर बजार बढाउने प्रयास गरेका थिए । उनिहरुको प्रयासले एक दिन मात्रै काम गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षामा शेयर धितो कर्जाको सिमा हटाउने भन्दै हल्ला गरेरै आइतबार लगानीकर्तालाई भ्रमित बनाएका छन् । जसले गर्दा सोमबार २ अर्ब भन्दा माथिको खरिद बिक्री भयो ।

NIMB

तर आइतबार मौद्रिक समिक्षा सार्वजनिक भएन । आज पनि मौद्रिक समिक्षाको विषयमा आधिकारिक सूचना बाहिरिएको छैन । यसले गर्दा नेप्से सूचक ११.२७ अंकले घटेको छ । यसरी सञ्चार माध्यमको दुरुपयोग गर्दा लाखौ लगानीकर्ताले ठुलो रकम गुमाउनु परेको छ ।

सोमबार नेप्से सूचक १८९६.६७ अंकमा झरेको छ भने कारोबार रकम एक अर्ब ७५ करोड रहेको छ । हिजो शेयर खरिद गर्नेहरुले आफु सँग होल्ड भएको शेयर मध्येबाट आजै बिक्री गरेका छन् । होटल, लगानी, म्युचुअल फण्ड र व्यापारको सूचकमा सामान्य सुधार देखिएको छ भने बाँकी सूचक तथा उपसूचक तल झरेका छन् ।

आज १६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । सुपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वावलम्बन लघुवित्तका शेयरधनीले सर्वाधिक धेरै गुमाएका छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया