Nepal Life

बिजुली अवरुद्ध हुँदा नेप्सेको सिस्टम २४ बन्द, शेयर कारोबार ३ बजेर २४ मिनेटसम्म हुने

NMB Bank
  • BFIS News
  • 2023 Nov 29 13:03
बिजुली अवरुद्ध हुँदा नेप्सेको सिस्टम २४ बन्द, शेयर कारोबार ३ बजेर २४ मिनेटसम्म हुने
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विजुली अवरुद्ध हुँदा २४ मिनेट कारोबार अवरुद्ध भएको छ । नेप्सेमा कन्स्ट्रक्सनको काम चलिरहेको छ । यहि कन्स्ट्रक्सनका क्रममा बिजुली अवरुद्ध हुँदा पुरा प्रणाली नै नचले पछि कारोबार नै हल्टा भएको हो । 

Shikhar
NIMB

बुधबार नेप्सेको सिस्टम नचल्दा लगानीकर्ताले करिब २४ मिनेट शेयर कारोबार गर्नबाट बञ्चित भए। प्रिओपन सेसनमा शेयर कारोबार नै हुन सकेन भने नियमित शत्रमा पनि झण्डै २४ मिनेट पछि मात्रै शेयर कारोबार खुल्यो । यसरी अवरुद्ध भएको २४ मिनेट कारोबार अवधिमा थप गर्दै अव ३ बजेर २४ मिनेटसम्म बजार खुला रहनेछ । 

नेप्सेकै अनुसार बुधबार प्रणालीमा कुनै किसिमको समस्या थिए । नेप्सेले वेवसाइटमा प्राविधिक समस्याका कारण कारोबार हुन नसकेको जनाए पनि खासमा बिजुरी अवरुद्ध भए पनि सिस्टम नै चल्न नसकेको हो । कन्स्ट्रक्सनका क्रममा विजुली अवरुद्ध हुँदा नेप्सेले व्याकअपको व्यवस्था गर्न सकेन । कारोबार अवधीमै यसरी विजुली अवरुद्ध हुँदा लाखौ लगानीकर्ताहरु प्रभावित भएका छन् । यसरी नेप्सेको सानो लापरवाहीले बदनाम हुन पुगेको छ । तोकिएको कारोबार अवधिमा लाखौ लगानीकर्ताले बजार हेरेर बसिरहेका हुन्छन् । त्यसैले नेप्सेले यस्तो संवेदनशिल समयलाई विशेष ख्याल गर्नु पर्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार