Nepal Life

भ्रामक मिडियाबाजीको सिकार हुँदै लगानीकर्ता, हुँदै नभएको तथ्यलाई समाचार बनाउदा शेयर बजार प्रभावित

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 15:37
भ्रामक मिडियाबाजीको सिकार हुँदै लगानीकर्ता, हुँदै नभएको तथ्यलाई समाचार बनाउदा शेयर बजार प्रभावित
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन ४७.७५ अंकले सुधारिएको शेयर बजार अन्तिम कारोबार दिनमा आइपुग्दा पुरानै अवस्थामा फर्किएको छ । आइतबारको सुधारले हौसिएका लगानीकर्तालाई सोमरबादेखि लगातार घटेको शेयर बजारले उल्टै आहात पुर्यायो ।

NIMB

यसको भित्रि कारण थियो केहि मिडियाको भ्रामक मिडियाबाजी । नेपाल राष्ट्र बैंकको आधिकारिक भनाइ समेत नराखी नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाको सिमा हटाउदै भन्ने किसिमका मनगडन्ते समाचार बनाएर लगानीकर्तालाई यस पटक राम्रै उल्लु बनाए । स्रोतका अनुसार भनेर आफ्नै मनलाग्दी कुरा राखेर ‘ठ्याक्कै समाचार जस्तो समाचार’ बनाउने गलत अभ्यासले गर्दा शेयर बजारका लगानीकर्ता नराम्ररी फस्न पुगे । यस्तो समाचार बनाउने मिडियाको प्रोफाइल चेक गर्नु भयो भने तपाइहरुले उक्त मिडियाका सञ्चालकहरु शेयर बजारमा प्रत्यक्ष अप्रत्यक्षमा जोडिएका वा शेयर बजारका ठुला लगानीकर्ताको प्रभावमा पर्ने मिडिया पर्छन् । 

दोस्रो बजार के के कारणले प्रभावित हुन्छ भन्ने कुरालाई राम्रो सँग बुझेका व्यक्तिहरुले मिडियालाई दुरुपयोग गर्ने परिपाटी व्याप्त छ । नेपालको शेयर बजार सबैभन्दा धेरै नेपाल राष्ट्र बैंकको नीतिले प्रभावित हुने गर्छ । यस पटकको बियरिस साइकलको सुरुवात नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगानीको सिमाबाटै सुरु भएको थियो ।

जव नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा ४/१२ करोडको सिमा लगायो त्यस पछि अहिलेसम्म पनि यहि मुद्दा यथावत छ । त्यस पछि लगानीकर्तालाई पनि के चाहियो यो मुद्दाका विषयमा हुँदै नभएका कुराहरु हुँदै छ है भनेर भ्रम फैलाइदियो त्यस पछि भलै दुई तीन दिन नै किन नहोस् सुधार भइहाल्छ । यस अवधिमा केहि निश्चित लगानीकर्ताले मौकाको फाइदा उठाउछन् अरु चिल्लै ।

केहि गभर्नर अधिकारीलाई यस्तो दवाव, कहिले नेकपा एमालेले गभर्नर अधिकारीलाई यस्तो दियो निर्देशन, सरकारलको शेयर धितो कर्जा घटाउने दवाव जस्ता शिर्षक बनाएर समाचार बनाउने अभ्यास धेरै पुरानो भइसक्यो । शेयर बजार एकदमै संवेदशिल क्षेत्र हो । हरेक सूचनाले शेयर बजारलाई प्रभावित पार्छ । त्यसमा पनि नेपालको शेयर बजार यथार्थ विश्लेषणबाट भन्दा पनि हल्लाबाट बढि प्रभावित हुन्छ । हल्लाबाटै प्रभावित हुने भए पछि शेयर बजारलाई नै आफ्नो लगानीको क्षेत्र मानेका केहि व्यक्तिहरुले सञ्चार माध्यमलाई दुरुपयोग गर्न खोज्छन् ।

बजारमा चलाइएका हल्लाई जव केहि मिडियाले समाचारको रुपमा प्रस्तुत गर्छन् त्यस पछि लगानीकर्ताहरु पनि पोत्याउन बाध्य हुन्छन् । यसले गर्दा लगानीकर्ताले हल्ला भन्दा पनि यथार्थलाई प्रमाणित गरेर मात्रै अगाडी बढ्नु उचित हुन्छ । आम लगानीकर्ताले मिडियालाई विश्वास गरेर नै आफ्नो लगानीको निर्णय लिएका हुन्छन् । यस्ता हर्कले मिडिया प्रतिको विश्वास गुम्दै जान्छ । मिडियाको सबैभन्दा ठुलो शक्ति भनेको नै विश्वास आर्जन गर्नु हो । जव जनताले विश्वास गर्दैनन् तव मिडियाको औचित्यतामा प्रश्न उठ्छ ।

यस साताको अन्तिम दिन नेप्से सूचक १८.०६ अंकले घट्यो । कारोबार रकम एक अर्ब ३२ करोडको भयो । आज २०१ वटा कम्पनीको शेयर मूल्यमा भारि गिरावट देखिएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको सिमा हटाउने हल्लाले आइतबार नेप्से सूचक सुधार भएर १९०७ अंकसम्म पुग्यो । जव राष्ट्र बैंका अधिकारीले यस विषयमा अनौपचारिक रुपमा कुनै पनि सत्यता नभएको कुरा बाहियो त्यस पछि शेयर बजारमा उल्टै गिरावट आयो । यसले गर्दा आजसम्ममा नेप्से सूचक १८५८ अंकमा झर्यो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया