Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ १९ गते बाँडफाँड हुने, एक लाख १४ हजार ८०० ले मात्रै शेयर पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 14:52
मुक्तिनाथ कृषि कम्पनीको आइपिओ १९ गते बाँडफाँड हुने, एक लाख १४ हजार ८०० ले मात्रै शेयर पाउने
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ यहि मंसिर १९ गते बाँडाँफाड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले मंगलबार बाँडफाँड गर्ने तयारी गरेको हो ।

NIMB

कम्पनीले सर्वसाधारण समुह तर्फको १४ लाख कित्ता शेयर मध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । त्यस्तै कर्मचारीका लागि सुरक्षित गरिएको ३ प्रतिशत र म्युचुअल फण्डलाई सुरक्षित गरिएको ५ प्रतिशत बाँडफाँड गरेर बाँकी ११ लाख ४८ हजार कित्ताका लागि भने मंगलबार तय गर्ने भएको छ ।

सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरका लागि १० लाख ५७ हजार लगानीकर्ताले एक करोड १५ लाख २३ हजार १५० कित्ताको लागि आवेदन दिएका छन् । जसम मध्ये एक लाख १४ हजार ८०० भाग्यमानीले मात्रै १०/१० कित्ता शेयर पाउने छन् । बाँकीको हात खालि हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया