Nepal Life

लगानीकर्ताको मनोबल अझै उठ्न सकेन, लगातार गिरावटको श्रृङखला कायमै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 15:08
लगानीकर्ताको मनोबल अझै उठ्न सकेन, लगातार गिरावटको श्रृङखला कायमै
Sanima Reliance

काठमाडौं । सोमबार पनि शेयर बजार घट्ने क्रम रोकिन सकेन । सोमबार नेप्से सूचक ३.४२ अंकले घटेर बन्द भएको छ । शेयर बजारमा लगातार गिरावट आउदा आजसम्ममा १८४७.८१ अंकमा झरेको छ ।

NIMB

गत साता दुर्गा प्रसाइको राजनीतिक दवावले सम्पुर्ण राजनीतिक दलहरु हस्किएका थिए । तर उनको आन्दोलनले खासै सार्थकता र साथ पाउन सकेन । यसले गर्दा विद्यमान राजनीतिक संयन्त्र थप मजबुद बनेको छ । परिणाम अर्थतन्त्रमा खासै सुधारको अपेक्षा अहिले लगानीकर्तामा छैन ।

सार्वजनिक रुपमा गभर्नर महाप्रसाद अधिकारीले दिएका मन्तव्यले आगामी मौद्रिक समिक्षा पनि शेयर बजारका लगानीकर्ताका लागि खासै उत्साहजनक आउने अपेक्षा छैन । यसले गर्दा पनि लगानीकर्ताको निरासा कायमै छ ।

सोमबार कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज एक अर्ब १९ करोडको कारोबार भइरहेको छ । प्राविधिक विश्लेषकहरुले आज शेयर बजार थामिएर सुधार भयो भने भोलिका दिनमा बजार थप बढ्ने विश्लेषण गरेका थिए तर उनिहरुको विश्लेषण अनुसार सुधार हुन सकेन । कारोबार सुरु भएको केहि समय सुधार देखिएपनि अन्तिम समयमा भने उल्टै घट्यो ।

नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक समिक्षा सार्वजिक गर्दैछ । तर बजारमा भने खासै सुधार देखिन सकेको छैन । गत साता बजारमा लगत हल्ला चलाएर बजार बढाउन खोजिए पनि त्यसले शेयर बजारलाई उल्टै घात पुर्याएको छ ।

आज विकास बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमाको सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक तथा उपसूचक तल झरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया