Nepal Life

राष्ट्र बैंकले मौद्रिक समिक्षामा केहि पनि संबोधन नगर्ने चर्चाले शेयर बजार झन् तल झर्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 15:11
राष्ट्र बैंकले मौद्रिक समिक्षामा केहि पनि संबोधन नगर्ने चर्चाले शेयर बजार झन् तल झर्यो
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षामा शेयर बजारलाई प्रभावित पार्ने कुनै पनि नीतिगत व्यवस्थामा पुनरावलोकन नगर्ने हल्लाले मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार नेप्से सूचक १०.१० अंकले घटेर १८३७.७१ अंकमा झरेको हो ।

NIMB

सूचकमा गिरावट देखिए पनि आज एक अर्ब ५४ करोडको कारोबार भएको छ । कारोबार रकमले भोलिको शेयर बजारमा सुधार हुने संकेत देखा परेको छ । शेयर बजारमा पछिल्लो दिन लगातार गिरावट आइरहेकाले पनि लगानीकर्ताले सस्तोमा शेयर उठाइरहेका छन् ।

विगत ६ महिनाको अवधिमा शेयर बजार १८ सयदेखि २ हजारको विचमा तलमाथि गरिरहेको छ । यदि बजारले राम्रो गति लियो र वर्ष दिन यताकै उच्चतम विन्दुमा पुग्ने प्रयास गर्यो भने मात्रै पनि ४ सय अंकको सुधार हुनेछ । यसले गर्दा लगानीकर्ताहरु दाउ कुरेर बसिरहेका छन् । यहि अवका दुई तीन महिनामा शेयर खरिद गरेर बस्न सक्यो भने अवको चैत बैशाखमा लगानीकर्ताले राम्रै प्रतिफल लिन सक्ने छन् ।

मौद्रिक नीतिमा बजारमा हल्ला चले जस्तो कुनै पनि विषय नआउने हो भने पनि मौद्रिक नीति पछि शेयर बजारमा अवश्य सुधार हुने विश्लेषकहरु बताउछन् । शेयर बजार यस अवधिमा धेरै नै तल झरेकाले स्वभाविक रुपमा अवको केहि दिनमै शेयर बजारले सुधारको लय पक्रिनेछ ।

आज १६१ वटा कम्पनीको शेयर मूल्य घट्दा ६२ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । जीवन बीमा बाहेक सम्पुर्ण सूचकमा गिरावट देखिएको छ । अर्थतन्त्रमा देखिएको समस्यामा समाधान हुने लक्षण नदेखिएसम्म शेयर बजारले गति नलिने अनुभवी लगानीकर्ताको विश्लेषण छ । यसले गर्दा शेयर बजारमा हुने मुभमेन्ट र अर्थतन्त्रको सूचकलाई सामानान्तर रुपमा हेरेर मात्रै लगानीको निर्णय लिदा बढि लाभप्रद हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया