Nepal Life

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट, १ लाख १४ हजार १२५ आवेदकलाइ पर्यो १० कित्ता

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 10:50
नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट, १ लाख १४ हजार १२५ आवेदकलाइ पर्यो १० कित्ता
Sanima Reliance

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

NIMB

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन परेको थियो । जसमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया