Nepal Life

शेयर बजार वियरिस ट्रेण्डको सर्वाधिक तल्लो विन्दुलाई छोएर बाउन्स व्याक, अव के होला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 15:22
शेयर बजार वियरिस ट्रेण्डको सर्वाधिक तल्लो विन्दुलाई छोएर बाउन्स व्याक, अव के होला ?
Sanima Reliance

काठमाडौं । नेप्से सूचक पछिल्लो वियरिस ट्रण्डको सर्वाधिक तल्लो विन्दुलाई छोएर बाउन्स व्याक भएको छ । विगत एक वर्षको अवधिमा शेयर बजार सबैभन्दा तल १८१८ अंकसम्म झरेको छ । यस भन्दा माथिल्लो सपोर्ट १९२८ अंक थियो ।

NIMB

बुधबार नेप्से सूचक १९३० अंकलाई छोएर बाउन्स व्याक भयो । कारोबारको अन्तिम समयसम्ममा ३.३३ अंकले सुधार हुने करिव ७ अंकको बाउन्स व्याक भयो । यसरी आजै १० अंक भन्दा धेरैले रिकभर भएको छ । शेयर बजारलाई सपोर्ट गर्ने धेरै फ्याक्टरहरुको विकास हुँदै गर्दा अन्तिम समयमा बजार फर्किएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थसमितिमा आफ्नो प्रस्तुतिका क्रममा अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका छन् । अर्थमन्त्री तथा गभर्नर अधिकारीले अर्थतन्त्रमा क्रमिक सुधार देखिन थालेको भन्दा पनि विगतका दिनमा शेयर बजारले गति लिन सकेको थिएन् । तर आजै गभर्नर अधिकारीले यस वर्ष आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशतको विचमा हुने प्रक्षेपण समेत गरेका छन् । उनले पछिल्लो समय पर्यटन आगमनमा भएको सुधार, उल्लेख्य विप्रेषण आप्रवाह, तरलतामा आएको सुधार र व्याजदर घट्दै गएको अवस्थाले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने देखिएको बताएका छन् ।

त्यसमा पनि शेयर बजार लगातार तल झर्ने क्रममा सर्वाधिक तल्लो विन्दुमा झरेको हुँदा अवको केहि दिन शेयर बजारमा राम्रै सुधार हुने संकेत देखिएको छ । शेयर बजारका ठुला लगानीकर्ताहरुले शेयर बजारलाई संकेत गर्दै अव बजारले गति पक्रिने बताइसकेका छन् ।

आज नेप्से सूचक सँगै कारोबार रकम एक अर्ब १४ करोड रहेको छ । १२१ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १०६ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । कारोबारको अन्तिम समयमा शेयर बजार सुधार हुँदा कारोबार रकममा खासै सुधार हुन सकेन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया