Nepal Life

साताको अन्तिम दिन नेप्से सूचक ११.७३ अंकले बढ्यो, कारोबार रकमले देखायो बढ्ने संकेत

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 15:10
साताको अन्तिम दिन नेप्से सूचक ११.७३ अंकले बढ्यो, कारोबार रकमले देखायो बढ्ने संकेत
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से सूचक ११.७३ अंकले सुधार भएर बन्द भएको छ । सूचक सँगै कारोबार रकममा भएको बृद्धिले आगामी दिनमा शेयर बजार थप बढ्ने संकेत गरेको छ ।

NIMB

बिहीबार २ अर्ब ७९ करोडको कारोबार भएको छ । यस मध्ये सर्वाधिक धेरै नेपाल पुनर्बीमा कम्पनीको मात्रै ८६ करोड ८३ लाख रुपैयाँको खरिद बिक्री भएको छ । नेपाल पुनर्बीमा कम्पनीका संस्थापकहरुले शेयर बिक्री गरेका छन् ।

आज १७३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ५७ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । त्रिशुली जलविद्युत र समाज लघुवित्तको शेयरमा सर्वाधिक धेरै सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले भोलि शुक्रवार मौद्रिक समिक्षा सार्वजनिक गर्दैछ । अहिलेसम्म राष्ट्र बैंकले कस्तो समिक्षा सार्वजनिक गर्छ भन्ने भित्री सूचना बाहिरिएको छैन । तर राष्ट्र बैंकले यस पटक मौद्रिक समिक्षाबाट केहि कुराहरुलाई राम्रो सँग हेरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक समिक्षाका लागि अध्ययन भइरहेको जानकारी दिएका छन् । त्यसैले पनि यस पटकको मौद्रिक समिक्षामा केहि विशेष विषयहरु समावेश हुने आकलन गर्न सकिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया