Nepal Life

राष्ट्र बैंकको मौद्रिक समिक्षा ढिलो आयो कडा आयो, पहिलो दिनमै शेयर बजारमा सर्किट लागेर बन्द भयो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 12:28
राष्ट्र बैंकको मौद्रिक समिक्षा ढिलो आयो कडा आयो, पहिलो दिनमै शेयर बजारमा सर्किट लागेर बन्द भयो
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढिलै गरि सार्वजनिक गरेको मौद्रिक समिक्षाले शेयर बजारमा यस पटक भने सकारात्मक प्रभाव पारेको छ । गभर्नर महाप्रसाद अधिकारीलाई सधै विरोध गर्ने लगानीकर्ताले भने यस पटक प्रशंसा गर्ने भएका छन् । 

NIMB

राष्ट्र बैंकले मौद्रिक समिक्षा मार्फत पछिल्लो समय अर्थतन्त्रमा देखिएको सिथिलतालाई संबोधन गर्दै केहि नीतिगत दर तथा व्यवस्थामा संशोधन गरिदिएको छ । राष्ट्र बैंकका कडिकडाउ व्यवस्थाले अर्थतन्त्र चलायमान हुन नसकेको तथा यहि आर्थिक अवस्थालाई लिएर दुर्गा प्रसाइ जस्ता व्यक्तिहरु सडका उत्रिए पछि सरकारले बजारमा केहि सकारात्मक सकेन्देश प्रवाह गर्न खोजिरहेको थियो । 

राष्ट्र बैंकले शेयर बजारमा मात्रै होइन व्याजदर घटाउनका लागि धेरै वटा नीतिगत व्यवस्था गरिदिएको छ । जसले समग्रमा लगानीकर्ताको मनोवल बढ्ने अपेक्षा गरिदिएको छ । सरकारले घरजग्गा तथा शेयर बजार मार्फत दोस्रो तहको अर्थतन्त्रलाई कन्फिडेन्समा लिन खोजेको छ । प्राथमिक अर्थतन्त्रका सम्पुर्ण आयामहरु कमजोर हुँदै गइरहेका छन् । तत्कालका लागि प्राथमिक तहको अर्थात उत्पादनमुलक अर्थतन्त्रलाई जोड दिन सक्ने अवस्था नदेखे पछि सरकारले अल्कालिन रुपमा लगानीकर्ताको मनोबल बढाएर सस्तो लोकप्रियता कमाउन खोजेको हो । 

आइतबार नेप्से सूचक १११ अंकले बढेर १९६३.९८ अंकमा रोकिएको छ । सर्किट लागेर कारोबार अवरुद्ध हुँदा आज ४८ करोड २४ लाख रुपैयाँको मात्रै खरिद बिक्री भएको छ । आज सर्वाधिक धेरै उछाल हाइड्रोपावरमा आएको छ । बाणिज्य बैंकको सूचक पनि ५.६८ प्रतिशतले बढेको छ । 

यसै उपज आज दोस्रो बजारमा पहिलो ५ मिनेटमै सर्किट लाग्यो । पहिलो सर्किट लागेर २० मिनेट पछि खुलेको बजार पनि तत्काल दोस्रो सर्किट लाग्यो । अन्तिममा ६ प्रतिशत सर्किट लागेर आज कारोबार नै बन्द भएको छ । अव लगानीकर्ताले आज शेयर खरिद बिक्री गर्न पाउदैनन् । 

गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा सिमा तोकिदिएर शेयर बजारको ओरालो यात्रा सुरु गराएका थिए । गत शुक्रवार चौतर्फी विरोध पछि व्याजदर र शेयर धितो कर्जाका विषयमा प्रत्यक्ष संबोधन गरेर बजार बढाउन ठुलो मद्दत पुर्याएका छन् । राष्ट्र बैंकले अझै पनि शेयर धितो कर्जामा १५ करोडको सिमा नहटाएको हुँदा आगामी दिनमा यसको नकारात्मक असर पर्ने नै छ । तर बजार धेरै नै तल्लो विन्दुमा झरेको समयमा लगानीकर्तालाई ठुलै राहात मिलेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया