Nepal Life

बजार बढेको मौकामा तीन लघुवित्तले गरे लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 10:13
बजार बढेको मौकामा तीन लघुवित्तले गरे लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा उछाल आएको मौकामा तीन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । समता घरेलु लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश दिने निर्णय गरेका हुन् ।

NIMB

ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने समता घरेलुले ५.४२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश सहित ५.७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यस्तै आत्मर्निर्भरले कर प्रयोजनका लागि नगद लाभाश र बाँकी बोनस शेयर सहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

तीन वटै संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया