Nepal Life

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको सुरूवात

NMB Bank
  • BFIS News
  • 2023 Dec 11 11:06
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको सुरूवात
National Life

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरिएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बिहीबार माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरेका हुन्।

Shikhar
NIMB

काठमाडौँको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक काम सुरू गरेको छ। हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रूपमा उदाएकोमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानीकर्तामा धितोपत्र कारोबारको विश्वसनीय कारोबार गर्न आग्रह गरे।

सोही कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका पूर्वअध्यक्ष एवं गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले कम्पनीले धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको सेक्युरिटिज लिमिटेडले देशको आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यस्तै माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाको पूर्ण परिपालना हुने गरि व्यावसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रूपमा उभ्याउनुपर्ने बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया