Nepal Life

शेयर बजारमा हङ्ग्री इन्भेष्टरको आक्रामक बाइङ, साना ठुलादेखि संस्थागत लगानीकर्ताको सक्रियता बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 15:07
शेयर बजारमा हङ्ग्री इन्भेष्टरको आक्रामक बाइङ, साना ठुलादेखि संस्थागत लगानीकर्ताको सक्रियता बढ्यो
Sanima Reliance

काठमाडौं । दुई वर्ष भन्दा लामोदेखि लगातार तल झरेको शेयर बजारमा पोर्टफेलियो गुमाएर बसेका लगानीकर्ताको आक्रामक बाइङ सुरु भएको छ । जसले गएको वियरिस मार्केटमा बिक्री गरेर बसेका थिए उनिहरुले पनि अलि अलि गर्दै शेयर उठाउन थालेका छन् ।

NIMB

एक ब्रोकरका अनुसार शेयर बजारमा हङ्ग्री इन्भेष्टरको आक्रामक बाइङले हिजो घटेको बजारमा पनि शेयर खरिद गरेका थिए । आइतबार शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । कारोबार खुलेको एक घण्टामै ६ प्रतिशतले बढे पछि कारोबार नै बन्द भयो ।

तर हिजो १५.४१ अंकले घट्यो । सर्किट लागेको भोलिपल्टै बजार घटे पनि कारोबार रकम ४ अर्ब नाघ्यो । यसले पनि बजार बढ्ने संकेत देखाइरहेको थियो । शेयर बजार लगातार तल झर्दा अधिकाम्स कम्पनीको शेयर मूल्य धेरै नै तल झरिसकेको छ । यसले गर्दा बजार अव बढ्छ भन्ने कन्फिडेन्स पछि व्यक्तिगतदेखि संस्थागत लगानीकर्ताको प्रवेश भएको हो ।

अधिकाम्स म्युचुअल फण्डले पनि यहि वेलामा शेयर उठाएका छन् । यसरी आक्रामक बायर आउनु पनि भोलिका दिनमा खासै राम्रो मानिदैन । अहिले आक्रामक रुपमा खरिद गर्नेले भोलिका दिनमा आक्रामक रुपमै बिक्रि गर्न थाल्ने छन् । यसले गर्दा शेयर बजारमा उल्टो प्रभाव पार्न सक्छ । त्यसैले अहिले नै शेयर बजार बुलिस रनमा अगाडी बढ्यो भन्दै क्षमता भन्दा धेरै शेयर खरिद गर्न नहुने विश्लेषकहरु बताउछन् ।

बजार बढ्ने संकेत सँगै बैंकहरुमा शेयरधितो कर्जा लिनेको संख्या पनि बढेको छ । लगानीकर्ताले बैंकहरुमा शेयरधितो कर्जाको लागि सोधखोज गर्नुका साथै पहुँच हुनेले कर्जा नै लिइसकेका छन् । अन्य कर्जा भन्दा शेयरधितो कर्जा लिन धेरै सहज छ । तर बैंकहरुले सबै कम्पनीका शेयरमा लगानी गर्दैनन् । यसले गर्दा आफु सँग भएको शेयर धितोमा राखेर कर्जा पाइन्छ कि पाइदैन भनेर सोधखोज गर्नेको संख्या बढेको हो ।

बजार घट्दा आत्तीने र बढ्दा धेरै मात्तीने प्रवृतीका कारण नेपालको शेयर बजारमा धेरै लगानीकर्ता फस्ने गरेका छन् । यसले गर्दा बजारको संयमतालाई हेर्दै खरिद मात्रै होइन नाफा बुक पनि गर्दै जाने हो भने बजार पनि अगाडी बढ्छ र ठुलो घाटा खाएर बाहिरिनु पर्दैन । तर यस पटकको बुल केहि लामो समयसम्म अडिन सक्ने विश्लेषकहरु बताउछन् ।

बैंकहरुले तत्काल कर्जा विस्तार गर्न सक्ने सम्भावना न्युन छ । यदि यहि हिसावले तरलता थुप्रिदै जाने हो भने अर्को महिना झन् बैंक व्याजदर तल झर्ने छ । व्याजदर यहि हिसावले तल झर्यो भने लगानीकर्ताको आकर्षण मुद्दती निक्षेप भन्दा पनि शेयर बजार प्रति नै केन्द्रित हुनेछ । त्यसमा पनि शेयर बजार तल्लो विन्दुमा झरेको हुँदा खासै ठुलो जोखिम बहन गर्नु पर्ने देखिदैन ।

मंगलबार नेप्से सूचक ३३.६४ प्रतिशतले बढेर बन्द भएको छ । सूचक सँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ३० करोडको खरिद बिक्रि हुँदा २०८ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । त्यस्तै २९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । मंगलबार कारोबार खुलेको केहि समय तल झरे पनि केहि छिनै सुधार भयो । सुधार हुने क्रम अन्तिम समयसम्म पनि जारी रह्यो । नेप्से सूचक १९८२.२२ अंकमा रोकिएको छ । आज बजार सुधार भए सँगै प्राविधिक विश्लेषकले पनि बजारले अर्को नयाँ विन्दु बनाउने प्रक्षेपण गरेका छन् ।

आज ८ वटा कम्पनीको शेयर मूल्यमा सर्वाधिक धेरै सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । आज ९५ हजार ४३३ वटा कारोबार सम्पन्न भएका छन् । यसले पनि शेयर बजारमा लगानीकर्ताको सक्रियता बढेको प्रष्ट हुन्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया